फिफा विश्वकप २०२२ को सेमिफाइनलमा पहिलोपटक मोरक्को
काठमाडौं ।
मोरक्को पहिलोपटक फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
शनिबार राती पोर्चुगल र मोरक्को बिच भएको खेलमा पोर्चुगललाई १-० विरुद्ध गोल गर्दै मोरक्को पहिलोपटक सेमिफाइनलमा पुगेको हो । आजको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पहिलो रोजाईँमा परेनन् । रोनाल्डो बिनाको खेल कोचको कमजोरी रहेको पोर्चुगल समर्थकको टिप्पणी छ ।
यसअघि अन्तिम १६ अन्तर्गत स्वीजरल्याण्ड विरुद्धको खेलमा पनि रोनाल्डोले बेन्चबाट खेल सुरु गरेका थिए ।
अघिल्लो खेलमा रोनाल्डोको स्थानमा पहिलो रोजाईँमा खेल्दै ह्याट्रिक गरेका गोन्साको रामोस मोरक्को विरुद्ध पहिलो रोजाईँमा भए ।