2

Logo २०८३ बैशाख १३ आइतबार
अन्धकारमुक्ति बचत तथा ऋण सहकारीको निर्णय प्रमाणित सहितको साधारण सभा सम्पन्न

अन्धकारमुक्ति बचत तथा ऋण सहकारीको निर्णय प्रमाणित सहितको साधारण सभा सम्पन्न


Sabalnews प्रकाशित मिति : शनिबार, मंसिर २४ २०७९
2.3K

पाल्पा

पाल्पा रामपुरको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निर्णय प्रमाणित सहितको २४ औं साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाको उट्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन)का महासचिव दामोदर अधिकारीले सहकारीका सबै शेयर सदस्य मालिक भएको बताउनुभयो । सहकारी अघि बढाउन शेयर सदस्यहरुको भुमिका महत्वपूर्ण भएको र पूँजीलाई उद्यमशिलता तर्फ लगाउने समय आएको बताउँदै वित्तिय कारोबारलाई चुस्त बनाउन डिजिटल प्रविधिको प्रयोगमा ध्यान दिन सहकारीलाई आग्रह गर्नुभयो ।

जिल्लाका विभिन्न ५ स्थानबाट सेवा क्षेत्र विस्तार गर्दै आएको सहकारीले सेवा केन्द्र स्तरीय साधारण सभा सकेर प्रतिनिधि मार्फत निर्णय प्रमाणित सहितको साधारण सभा गरेको हो ।

साधारण सभामा रामपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दोवराज तिवारीले १८ हजारबाट सहकारीमा आबद्व भएको स्मरण गर्दै अहिले लाखौको पूँजी आर्जन र व्यबसायिक सफलतामा सहकारीले ठूलो मद्दत गरेको बताउनुभयो । सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहाकार सुकदेव पोखरेल, नेत्र प्रसाद भट्टराई, दयाराम भट्टराई, जिल्ला सहकारी संघ पाल्पाका सदस्य कृष्ण कुमार अर्याल, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषाध्यक्ष विष्णुमायाँ ढकाल, रामपुर बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष भोजराज भट्टराई, लेखा सुपरिवेक्षण समितिका सदस्य रामप्रसाद ढकाल, शेयर सदस्य चिरन्जीवि सिग्देल र गिता जिसीले सहकारीको सेवा र शेयर सदस्यको दैनिकीमा पुर्‍याएको सहयोगबारे बोल्नु भएको थियो ।

सहकारीका अध्यक्ष सागर प्रसाद देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको सुझाव र सल्लाह अनुसार सहकारीलाई अघि बढाउने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्दै सहकारी ऐन र कार्यविधिमा रही संस्थाले आफ्नो क्रियाकलापलाई चुस्त राखेको बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्यालले गर्नुभएको हो । सभामा सालैजो, कौरा, झाम्रे सहितका गीत नाच देखाइएको थियो ।

बर्षको ३६५ दिन नै सेवा दिदै आएको सहकारी लुम्बिनी प्रदेशमा प्रख्यात छ भने नेफस्कुनले समेत पुरस्कृत गरिसकेको छ । सहकारीले ल्याएको ७० वर्ष पुगेका शेयर सदस्यहरुलाई मासिक भत्ता उपलब्ध कार्यक्रम अन्तर्गत भत्ता बितरण सहित वृद्धलाई सम्मान गरेको थियो । साथै सहकारी पूर्व सञ्चालक समितिका पदाधिकारीहरुलाई पनि सम्मान गरेको छ ।

बि.स. २०५५ सालमा स्थापना भएको सहकारीमा हाल १० हजार ६१ शेयर सदस्य आबद्ध छन् । रामपुर ७ मा प्रधान कार्यालय संगै पाल्पाका जब्गादी, ताहु, गल्धा र रामटार गरि ४ वटा सेवा केन्द्रबाट सेवा प्रावह गर्दै आएको छ । जिल्लाको रामपुर नगरपालिका, निस्दी, पुर्वखोला, रम्भा र माथागढी गाउँपालिकाका नागरिक आवद्ध भई यस सहकारीबाट बित्तिय सुबिधा पाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com