2

Logo २०८३ बैशाख १३ आइतबार
क्रोएसिया र अर्जेन्टिना फिफा बिश्वकपको सेमिफाइनलमा प्रवेश

क्रोएसिया र अर्जेन्टिना फिफा बिश्वकपको सेमिफाइनलमा प्रवेश


Sabalnews प्रकाशित मिति : शनिबार, मंसिर २४ २०७९
659

काठमाडौं

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएशिया र अर्जेन्टिना प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।

शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

एजुकेसन सिटी स्टेडियममा भएको क्रोएशिया र ब्राजिलको  खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि अतिरिक्त ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे ।  रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके । पेनाल्टीमा चुकेसँगै पाँच पटकको च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । क्रोएसियाले भने सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

दोस्रो खेल ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टीमा अर्जेन्टिनाले बाजी मारेको हो।अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे । त्यस्तै नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे । नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ ।

अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com