घर प्लाष्टर गर्ने क्रमम खसेर घाइते भएका पर्साका कुसुहवाको मृत्यु
पाल्पा ।
पाल्पामा पक्की घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका युवाको मृत्यु भएको छ ।
बिहीबार बिहान जिल्लाको रामपुर नगरपालिका ५ बेझाडका दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका पर्सा जिल्ला छिपहरमाई ३ मंगलापुरका २५ वर्षीय राजेश कुसुहवाको मृत्यु भएको हो ।
घर प्लास्टर गर्ने क्रममा २ तला माथिदेखि खसेर घाइते कुसुहवालाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । गम्भीर अबस्थाका कुसुहवालाई थप उपचारका लागि सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा उपचारको क्रममा उनको दिउसो २ बजे मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
घर प्लाष्टरको क्रममा घटना बिहिबार बिहान १० बजे घटेको हो ।