2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरले वडातहमा मनाउदै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

रामपुर नगरले वडातहमा मनाउदै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २२ २०७९
925

पाल्पा

नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान वडागत रुपमा मनाएको छ ।

बिगतमा नगरमा एकमुष्ठ रुपमा कार्यक्रम गरेको नगरले यसबर्ष वडातहमा सचेतना कार्यक्रम गरेको हो । वडाका नागरिकलाई समेटेर सचेतनामुलक अभिमुखीकरण र कुनै पनि प्रकारको हिंसा गर्दिन र सहन्न भन्ने युक्तिको प्रतिबद्धतामा हस्ताक्षर गरि अभियान चलाएको रामपुर नगरपालिका महिला शाखाका सहायक महिला विकास निरीक्षक सिर्जना रेग्मीले जानकारी दिनुभयो ।

“सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने नाराका साथ मनाइएको अभियानमा समुदायका महिला, पुरुष, राजनैतिक दल, महिला समूह सहित सरोकारवालाको सहभागिता छ ।

अभियान अन्तर्गत रामपुर नगरपालिका ५ मा वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले हिंसाका घटना घट्न नदिन सबै दत्तचित्त हुनुपर्नेमा जोड दिदै घटना घटे निर्धक्क नगरपालिकामा आएर समस्या र गुनासो राख्न अनुरोध गर्नुभयो ।
अभिमुखीकरणको सहजिकरण गर्नुहुदै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले लैङ्गिक र लैङ्गिकता, अभियानको शुरूवात, हिंसाका प्रकार, हिंसाको अबस्था, यसले पार्ने असर र कानुनी व्यबस्थाबारे जानकारी दिदै कुनैपनि कारण हिंसा हुन नहुनेमा जोड दिदै भइहालेको खण्डमा प्रहरी कार्यालय, स्थानीय तह, महिला आयोग जस्ता निकायमा सुचना दिन सकिने बताउनुभयो । हिंसामा परे न्याय खोज्न आफै र नजिकका साथ दिने बिश्वासिला आफन्तीलाई बताएर जुझारु हुनुपर्ने जानकारी गराउनुभयो ।

सोही अबसरमा नेकपा एमाले वडा कमिटी अध्यक्ष मिनराज रेग्मी, सहभागी शिवकुमारी वाग्ले, सुकमाया श्रेष्ठले हिंसाका बिरुद्ध एक हुनुपर्ने बताउनुभयो । कार्यपालिका सदस्य माया नेपालीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीलाई  वडा सदस्य ईश्वरी काफ्लेले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन वडा सचिव रजनी भण्डारीले गर्नुभएको हो ।

वडा नं. ७ मा भएको सचेतनामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समाजमा हुने विभिन्न खालका हिंसाले समाजलाई नै अप्ठ्यारोमा पुर्‍याउने हुँदा सभ्य समाज निर्माणका लागि कुनै पनि किसिमको हिंसा हुन नहुने बताउनुभएको छ । रामपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष तिवारीले समाजमा मानसिक र शारिरिक हिंसा बढी हुने गरेको भन्दै गरिबीकै कारण बढि हिंसा निम्तिएको बताउनुभयो । गरिबी अन्त्यमा जोडदिनुपर्ने बताउदै उहाँले हिंसा गर्न र भए नसहने हो भने हिंसामा कम आउने बताउनुभयो ।

कार्यपालिका सदस्य दुर्गा देवि भण्डारी गौतमले अभियानको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । न्यायिक समितिका सदस्य खेमराज अधिकारी र लाली गुराँस मातृ समुहका अध्यक्ष विष्णु ठाडाले अभियानबारे बोल्नुभएको थियो । वडा सदस्य मिठुमाया सुनारको स्वागत, वडा सदस्य मिन बहादुर सिंजालीको धन्यवाद ज्ञापन गर्नु भएको थियो भने संचालन वडा सचिव गिता पौडेलले गर्नु भएको थियो ।

कार्यक्रमका सहभागीले महिला तथा बालिका विरुद्धको हिंसा कहिल्यै गर्ने छैनौ,  हिंसामा परेकालाई उपेक्षा कहिल्यै गर्ने छैनौं, हिंसामा चुप लागेर बस्ने छैनौं, सबै किसिमको हिंसा न्यूनिकरण गर्न हामी प्रतिबद्ध छौं भन्दै प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेका छन् ।

यस्तै कार्यक्रम नगरका अन्य वडामा समेत चलेको छ । नगरपालिकाले सबै वडालाई सचेतना मुलक कार्यक्रम गर्न नगद २०/२० हजार रकम छुट्याएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com