2

Logo २०८३ बैशाख १३ आइतबार
चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ आउदो माघमा हुने

चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ आउदो माघमा हुने


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २२ २०७९
1.6K

काठमाडौं

नेपाली लोक गीत संगितका नयाँ पुराना विधालाई समेट्दै सर्वाेत्कृष्ट रचनालाई सम्मान गरिने एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करण आगामी माघ पहिलो साता हुने भएको छ ।

चौथो एपिक नेपाल म्युजिक अवार्ड टिमले एक कार्यक्रम गरि तयारी थालेको जानकारी दिएको छ । सुर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ को सहकार्यमा हुने म्युजिक अवार्ड अन्तर्गत विगत जस्तै विविध बिधामा सर्वाेत्कृष्ट गीत, संगित र कलाकारलाई अवार्ड प्रदान गरिनेछ ।

जस अन्तर्गत लोकगीत, लोकदोहोरी, आधुनिक, पप, नेपाल भाषा, मौलिक काठे, देउडा, गीत, गीतको लय, गायक, गायिका, शब्द, संगित, मोडल, सहित सदावहार र नव कलाकारका ५ मनोनयन गीत सार्वजनिक भैसकेको एपिक नेपाल म्युजिक अवार्ड टिमले जनाएको छ ।

आगामी माघ ७ गते हुने अवार्ड प्रदान कार्यक्रममा महानायक राजेश हमाललाई नगद १ लाख १ हजार १ सय ११ रुपँया सहित महानायक सम्मान प्रदान गरिने अध्यक्ष कृष्णलाल साहुखलले जानकारी दिनुभयो ।

लोकगायक चन्द्र शर्मालाई ५१ हजार १ सय ५१ रुपँया सहित मेडल र ताम्रपत्र सहितको लोकदोहोरी रजत युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिनेछ । ३३ हजार ३ सय ३३ रुपँयाको एपिक संगित रत्न सम्मान पुरस्कार गायिका पुर्णिमा लामालाई, नगद २५ हजार राशीको चलचित्र पत्रकार सम्मान चलचित्र पत्रकार प्रकाश सुवेदीलाई, बरिष्ठ हाँस्य कलाकार सविन शाक्यलाई नेवा सम्मान गरिनेछ ।

उत्कृष्ट ५ मनोनयनमा पर्ने गीत र कलाकारलाई आउदो पुष २ गते एक कार्यक्रममा मनोनयन प्रमाणपत्र प्रदान गरिने महासचिव बबिता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com