2

Logo २०८३ बैशाख १३ आइतबार
मौद्रिक निति र व्याजदरबारे हस्तक्षेप गरौं- गृहमन्त्री खाण

मौद्रिक निति र व्याजदरबारे हस्तक्षेप गरौं- गृहमन्त्री खाण


Sabalnews प्रकाशित मिति : बुधबार, मंसिर २१ २०७९
386

रुपन्देही

चर्को ब्याजदरको मारमा परेका व्यवसायीको समस्या समाधान गर्ने उदेश्यले गृहमन्त्री बालकृष्ण खाणले मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या पारेको भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव मन्त्रीपरिषदमा राख्नुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री खाण सहित अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । मन्त्री खाणले चर्को ब्याजदर घटाउन बित्तिय सस्थालाइ आग्रह गर्दै ब्याजदर नियन्त्रण नभए सरकारले हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ।

मौद्रिक नीति र बैंकको ब्याजदरका कारण उद्योग एवं व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको गुनासो उद्योगी व्यवसायीहरुले राख्दै आएका छन् । सोही गुनासोलाइ सम्बोधन गर्न खाण सहित अन्य मन्त्रीले पहल थालेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com