कम्प्यूटर एसोसियसन नेपाल क्यान अर्घाखाँचीमा गैरे
अर्घाखाँची ।
कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) अर्घाखाँचीको दोस्रो बार्षिक साधारण सभाले क्यानको नयाँ नेतृत्व चयन गरेको छ ।
सन्धिखर्कमा भएको दोस्रो बार्षिक साधारण सभाले विनोद गैरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।
नव गठित समितिको उपाध्यक्षमा गणपति भुसाल, सचिवमा प्रकाश भुसाल, सह–सचिवमा दिपक अधिकारी, कोषाध्यक्षमा ऋषिकेष भट्टराई, सदस्यहरुमा विष्णु प्रसाद भुसाल, मिना पराजुली र सावित्रा भुसाललाई चयन गरेको छ। साधारण सभाले दिपक नेपाली, भानु पराजुली र कृष्ण बहादुर सुनारलाई सल्लाहाकार समितिमा चयन गरेको छ ।
कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) अर्घाखाँचीका अध्यक्ष दिपक नेपालीको अध्यक्षता र सचिव प्रकाश भुसालको संचालनमा सभा भएको हो ।