लैङ्गिक हिंसा बिरुद्ध अभियानकै अबसरमा रिब्दीकाेटले मनायो स्वयंसेविका दिवस
पाल्पा ।
रिब्दीकोटमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको मौकामा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस पनि संयुक्त रुपमा मनाइएको छ ।
“महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे प्रतिबद्वता, स्वास्थ्य प्रवर्द्धनमा हाम्रो एक्यवद्धता” भन्ने नारा सहित गाउँपालिकामा भएको कार्यक्रममा सहभागीले सभ्य र बौद्धिक समाज स्थापनामा महिला स्वास्थ्य स्वयंसेविक्सको भुमिका महत्त्वपूर्ण हुने बताएका थिए ।
गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आमा र बच्चाको स्वास्थ्य उपचार र सचेतनामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय रहेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पबन अर्याल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रहरी, पालिका भित्रका सबै महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थाका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, एकल महिला पालिका संजाल, आमा समूह लगायत सरोकारवालाको कार्यक्रममा सहभागिता रहेको थियो ।
यसैबिच कार्यक्रममा उत्कृष्ट ८ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । दिवसको अवसर पारेर गाउँपालिकाले नगद तथा सम्मानपत्रबाट उत्कृष्ट स्वयंसेविकालाई सम्मान गरेको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिनुभयो ।