स्याङ्जा २ को प्रदेश सभा मतगणनामा एमाले उमेदवार श्रेष्ठ अगाडी
स्याङ्जा ।
स्याङ्जा क्षेत्र नं २ (२) प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार डा. बुद्धिमान श्रेष्ठ अगाडि रहनुुभएको छ ।
उहाँ आफ्नो निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार महेश भट्टराई भन्दा नौ सय ४६ मतले अगाडी हुनुहुन्छ ।
एमाले उम्मेदवार श्रेष्ठको ७ हजार ६२ मत छ भने भट्टराईले ६ हजार १ सय १६ मत ल्याउनुभएको छ ।
स्याङ्जा २ को कालीगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकाको वडा नं १ र २ को मतगणना सम्पन्न भइसकेको छ भने गल्याङ नगरपालिका वडा नं ३ को मतगणना अन्तिम चरणमा पुगेको छ ।
स्याङ्जा २ नम्बर निर्वाचन क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका र गल्याङ नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १० र ११ वडा पर्दछ ।