2

Logo २०८३ बैशाख १३ आइतबार
प्रत्यक्षतर्फ महिलाको सिट घट्दा बन्दसूचीका पहिलो पुरुष नै संसदमा रोकिन सक्ने

प्रत्यक्षतर्फ महिलाको सिट घट्दा बन्दसूचीका पहिलो पुरुष नै संसदमा रोकिन सक्ने


जीवन शर्मा प्रकाशित मिति : आइतबार, मंसिर ११ २०७९
3.9K

काठमाडौं

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक्षतर्फ थोरै महिला आउदा सीमान्तकृत पुरुष समेत अवसरबाट बञ्चित हुनसक्ने सम्भावना बढेको छ । दल र स्वतन्त्र गरी २२५ जनाले उम्मेदवारी दिएपनि थोरै मात्रै महिला निर्वाचित भएपछि समानुपातिक बन्दसूचिमा परेका पुरुष उम्मेदवारहरु संसदमा आउने सम्भावना कम हुदै गएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटका लागि २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ जना मात्र महिला थिए, तीमध्ये एमालेबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, नेपाली कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीबाट १–१ महिला मात्र निर्वाचित भएका छन । एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, बारा–३ मा ज्वालाकुमारी साह र कास्की–२ मा विद्या भट्टराई निर्वाचित हुनुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसिमा कार्की निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले कैलाली–१ बाट जित्नुभएको छ ।

यो सँगै अहिले सम्म सबै दलबाट ८ जना मात्रै निवर्चचित हुनुभएको छ भने सुनसरी ३ बाट भगवति चौधरीले अग्रता लिनुभएको छ । उहाँले जीत निकाल्नुभयो भने संसदमा प्रत्यक्ष तर्फ महिला सांसदको प्रतिनिधित्व ९ जना पुग्ने देखिएको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा उम्मेदवार रहेका १४ महिलामध्ये १२ जना पराजित भइसकेका छन । माओवादीकी रेखा शर्माले दाङ–२ बाट चुनाव जित्नुभयो  भने कांग्रेसकी सीता गुरुङ तेह्रथुमबाट निर्वाचित हुनुभएको छ ।

एमालेकी भगवती चौधरी सुनसरी–३ मा अग्रस्थानमा हुनुहुन्छ । एमाले सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा–२ मा भने मतगणना भएको छैन । संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने व्यवस्था गरेको छ । तर दलहरुले निर्वाचनमा टिकट नदिदा महिलाको प्रतिनिधित्व घटेको भएपनि त्यसलाई समानुपातिक प्रणालीबाट पूर्ति गर्ने नेताहरुले बताएका छन् । ५१ स्थान जितेर ६ स्थानमा अग्रता कायम राखेको नेपाली कांग्रेसले प्रत्यक्ष सांसदमा एक जनामात्रै महिला पाएको छ । उक्त पाटीले टिकट दिएका अन्य चार महिला पराजय भैसकेकना छन् ।

तेह्रथुमबाट सीता गुरुङ निर्वाचित हुँदा अरु चार महिला उम्मेदवार पराजित भएका हुन । मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय (डिना), अर्घाखाँचीमा पूर्वउपसभामुख पुष्पा भुसाल र मोरङ–२ मा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र सिरहा–२ मा पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पराजित भएका हुन । त्यस्तै नेकपा एमालेले १४१ सिटमा उम्मेदवारी दिँदा ११ महिलालाई उठाएको थियो । एमालेबाट उम्मेदवारी दिएका कञ्चनपुर–३ मा नीरुदेवी पाल, बागलुङ–२ मञ्जु शर्मा, दाङ–१ शान्ता चौधरी, दाङ–३ कोमल वली र डोटीमा गौरीकुमारी ओलीले पराजित भैसकेका हुन ।

उता नेकपा माओवादी केन्द्रले ४६ सिटमा उम्मेदवारी दिँदा महिला ७ जना उठाएको थियो । उक्त पार्टीबाट रेखा शर्माले मात्रै चुनाव जित्नुभयो भने अरु ६ जना पराजित भए  । शर्माले दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले हराउनुभयो । काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्ती, ललितपुर–३ मा हाल ऊर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाल, काठमाडौं–१० मा अञ्जना विशंखे, काठमाडौं–७ मा मानुषी यमी भट्टराई, काठमाडौं–९ मा कल्पना धमला, जुम्लामा गोमा गौतम र कञ्चनपुर–१ बिना मगर पराजित भए ।

त्यस्तै, गुल्मी–२ मा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्री पराजित हुनुभयो । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि प्यूठानमा पराजित हुनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३१ क्षेत्रमा उम्मेदवारी दिएकामध्ये १२ महिला थिए । ७ सिट जित्दा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की निर्वाचित हुनुभएको छ  । प्रतिनिधिसभामा ७ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कोही पनि महिलाले आएनन । जनता समाजवादी पार्टीले सात जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएकोमा कसैले पनि चुनाव जित्न सकेनन भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाली–१ बाट जित्नुभएको छ ।

दलहरुले टिकट दिएका अधिकांश क्षेत्रहरुमा महिला नेताहरुले प्रतिष्पर्धी पुरुष उम्मेदवा्सँग भिड्नुपर्दा हार वेहोर्नु परेको हो । दलको तर्फबाट प्रत्यक्ष निर्वाचनका लगि टिकट पाउनै मुस्कील परेको र टिकट लिएर निर्वाचन क्षेत्रमा गइसकेकपछि समेत समाजले अझै महिलालाई नेतृव तहमा पुर्याउनुपर्छ भनेर स्वीकार गरिनसकेको अवस्था देखिएके नेपाली कांग्रेसकी केन्द्रिय सदस्य प्रतिमा गौतमले बताउनुभयो । पार्टी भित्रै पनि महिलालाई चुनाव जिताउदा उनीहरु हरेक निर्णय प्रकृयामा शशक्त हुन्छन भन्ने डरले पुरुष नेताहरुले महिलालाई खुलेर सहयोग नगर्ने गरेको उहाँको भनाइ छ । ‘पहिला त महिलालई टिकटनै दिइदैन’, गौतमले भन्नुभयो, ‘टिकट दिइसकेपछि पनि चुनाव जिताउन पार्टीकै जिम्मेवार साथिहरुले महिलालाई खुलेर सहयोग गर्न नसकेको अवस्था देखिएको छ ।

यसलाई हामीले समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेको र सहज रुपमा महिलाको नेतृत्व स्वीकार नगरेको अवस्थाका रुपमा हेर्न सकिन्छ ।’ बल्ल तल्ल टिकट पाएका महिला नेताहरुले पार्टीभित्रै आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा पनि हार्नुपरेको छ । मकवानपुरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकी नेता महालक्षी उपाध्याय (डिना) ले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा हार्नुपरेको छ । त्यहा चुनावी परिणामपछि कांग्रेसभित्रै दुइ समुहमा विभाजित भएर पत्रकार सम्मेलन गर्न थालेका छन् ।

पत्रकार सम्मेलन गर्दै अन्तरघात भएकाले त्यसको गम्भीर समिक्षा हुने पार्टी सहमहामन्त्री समेत रहनुभएकी उम्मेदवार उपाध्यायले प्रतिकृया दिनुभएको छ । समग्रमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कम महिला निर्वाचित हुँदा एकातिर संसद्मा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने भएको छ भने अर्कोतिर समानुपातिकतर्फ सीमान्तकृत समुदायका पुरुषले समेत अवसर नपाउने सम्भावना बढेको छ ।

विद्यमान संबैधानीक व्यवस्था र भर्खरै आएकोे निर्वाचन परिणामले समानुपातिक बन्द सूचिमा १ नम्बरमा परेका पुरुषहरुलाई समेत संसदमा जाने बाट छेक्न सक्ने आँकलन गरिएको छ । यसले संसदमा अन्य समूदायको समानुपातिक प्रतिनिधित्वमा समेत नहुने सम्भावना बढेको संविधानविदहरु बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com