पाल्पा २ मा एमालेका ठाकुर प्रसाद गैरे बिजयी
पाल्पा ।
पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उमेदवार ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ ।
३ हजार ९ सय ६६ मतान्तरले विजयी गैरेले २७हजार ८ सय १७ मत प्राप्त गरेका छन्। गैरेका प्रतिस्पर्धी एमालेमा हुँदा सहपाठी नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २३ हजार ८ सय ५१ मत पाउनुभएको छ ।
पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १ सय८०, भालेका उमेदवारले १ हजार ५ सय ७०, क्रस खुकुरी ले ५ सय १, घरले ५ सय १६, छाता १ सय ९, चेसबोर्ड ७, तिर २ सय४, तारामा १ सय १६, मादलमा ३५, कैँची ८८, आमा चिह्नले ९९ मत प्राप्त गरेका छन् ।