पाल्पा २ (१) मा गठबन्धनका उमेदवार बिर बहादुर राना बिजयी
पाल्पा ।
बामलोकतान्त्रिक गठबन्धनको तर्फबाट पाल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (१) मा नेपाली कांग्रेसका वीरबहादुर राना विजयी हुनु भएको छ ।
बगनासकाली गाउँपालिका १ चिर्तुङधाराको मतगणना हुँदा देखि नै अग्रस्थानमा रहनुभएका राना अन्तिम माथागढी गाउँपालिका १ को चिदीपानीमा समेत रानाले अग्रता कायमै लिनुभएको थियो । रानाले १६ हजार ३९ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ । २ हजार ७५ मतान्तर सहित विजयी उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत ल्याउनुभयो ।
राना लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री हुनुहुन्छ । रानाको क्षेत्र बगनासकालीका नौ वडा र तानसेनका १३ वडा साथै माथागढी गाउँपालिकाको चिदीपानी हो ।
पाल्पाको वगनासकाली–७, खानीगाउँमा जन्मिनुभएका राना २०७० सालको संविधानसभाको दोश्रो निर्वाचनमा प्रतिनिधिसभामा तत्कालिन क्षेत्र नम्बर २ मा झिनो मतले पराजय हुनुभएको थियो ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश समानुपातिक सांसद बन्नुभएको थियो । यसै प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा ३ सय ५१, छातामा १ सय ६३ र मादल चिन्हमा ७७ मत खसेको छ ।