2

Logo २०८३ बैशाख १३ आइतबार
अर्धकट्टी भेटिएपछि कैलाली ४ मा मतगणना स्थगित

अर्धकट्टी भेटिएपछि कैलाली ४ मा मतगणना स्थगित


Sabalnews प्रकाशित मिति : बुधबार, मंसिर ७ २०७९
393

कैलाली

कैलाली क्षेत्र नम्बर ४ मा मतगणना स्थगित भएको छ । मत गणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना स्थगित गरेका हुन ।

प्रतिनिधि सभाको मतगणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले बताउनुभयो।

उम्मेदवारहरु सहित पार्टीका प्रतिनिधिहरुले आपसमा छलफल गरेर मात्रै पुनः मतगणना सुरु गरिनेछ।

गेटा मेडिकल कलेजको भवनमा जारी मतगणनामा अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले) ले मतगणनामा सहभागी नहुने जनाएको छ । अहिले एमाले एजेण्टहरु मतगणना स्थलबाट बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com