2

Logo २०८३ बैशाख १४ सोमबार
चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्माको निधन

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्माको निधन


Sabalnews प्रकाशित मिति : मंगलबार, मंसिर ६ २०७९
1.2K

काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्मामा सवारी दुर्घटनामा परेर निधन भएको छ ।

चितवनबाट भोट हालेर काठमाडौं फर्कने क्रममा मंगलबार बिहान साढे ५ बजेतिर विश्वकर्मा चढेको माइक्रोबस रोकिराखेको ट्रकमा ठोक्किदा बिश्वकर्माको निधन भएको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ ।

दुर्घटना लगत्तै विश्वकर्मालाई पुरानो मेडिकल कलेज चितवन ल्याउने पुर्याउन नपाउदैँ मृत्यु भएको चितवनका प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार विश्वकर्मा चढेको बा४ ख ४१२ नम्बरको माइक्रोबस सडकमा रोकिएको ना ४ ख ८५२२ नम्बरको ट्रकमा ठक्कर खाएको थियो । माइक्रोबसमा रहेका थप ५ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

विश्वकर्मा केहि दिनदेखि आफ्नो स्थायी घर चितवनको माडीमा रहेका थिए । सोमबार नै काठमाडौं आउने तयारी गरे पनि बुबा बिरामी भएका कारण एक दिन ढिलो गरेर काठमाडौं हिँडेको उनको भाइ भुवन बिकले बताएका छन् ।

विश्वकर्माले लामो समयदेखि चर्चित कार्यक्रम बहकिने मन सञ्चालन गर्दै आएका थिए । विश्वकर्मा आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उक्त पार्टीको भातृ संगठन जात व्यवस्था उन्मुलन मोर्चाको सचिव थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com