पाल्पामा अबेर गरि मतगणना शुरु
पाल्पामा अबेर गरि मतगणना शुरु
1.2K
पाल्पा ।
पाल्पाको क्षेत्र नं १ र २ मा मतगणना शुरु भएको छ । कुन वडाबाट शुरु गर्ने र बुथ मिसाएर गन्ने बिषयमा छलफल र मतगणना स्थल तयारीका कारण मतगणना ढिलो भएको निर्वाचन कार्यालयले जनाएको छ ।
पाल्पा क्षेत्र नम्बर १ मा हिजो भएको मतदानको मतपेटिका बिहान ४ बजेसम्म बुझाउने क्रम चलिरहेको थियो ।
क्षेत्र नं १ को प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक र प्रदेश सभा अन्तर्गत प्रत्यक्ष र समानुपातिक तर्फ निस्दी १ बाकामलाङ र २ को सहलकोटको मतपेटिका मिसाएर मतगणना सुरु भएको निर्वाचन कार्यालय रामपुरका सहायक निर्वाचन अधिकृत रामहरी पाण्डेयले बताउनुभयो ।
पाल्पा क्षेत्र नं १ मा ५८ हजार ४९१ मत खसेको छ । यहाँ कुल मतदाता संख्या ९६ हजार ३३ थियो। प्रतिशतको आधारमा पाल्पा १ र २ मा समान ६०.९१ प्रतिशत मत खसेको छ । पाल्पा १ को नापी कार्यालय र क्षेत्र नं २ को तानसेनको बालमन्दिरमा मतगणना हुदैछ । क्षेत्र नं. २ मा १ लाख ५ हजार २ सय ९३ रहेका थिए । जहाँ ६४ हजार २ सय३ मत खसेको छ । अहिले बगनासकाली १ को र तानसेन मदनपोखराको मतगणना शुरु भएको हो ।
जिल्लामा कुल मतको ६०.९४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा २ लाख १ हजार ३ सय २६ मतदातामा १ लाख २२ हजार ६ सय ९४ मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो । पाल्पामा प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार पदका लागि ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं. १ मा प्रतिनिधि सभामा १० जना, क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा सदस्य १ र २ मा ५/५ जना, प्रतिनिधि सभा क्षेत्र नं.२ मा १३ जना, प्रदेश सभा १ मा ७ र २ मा ५ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जिल्लाका सबै मतदान केन्द्रहरुमा आइतवार शान्त र सौहाद्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट