2

Logo २०८३ बैशाख १३ आइतबार
आज देशभर प्रतिनिधि र प्रदेश सभा निर्वाचन जारी(फोटो फिचर)

आज देशभर प्रतिनिधि र प्रदेश सभा निर्वाचन जारी(फोटो फिचर)


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९
1.8K

काठमाडौं

आज देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन जारी छ । देशभर नै बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा केही मतदान स्थलमा तयारीका कारण केही ढिला भएको थियो ।

नागरिकले आज असल जनप्रतिनिधि चुन्ने दिन भएकोले अधिकार प्रयोग गरिरहेका छन् । तर यसपटक उत्साह कम देखिएको छ । संविधान निर्माण भएपछिको यो दोस्रो चुनाव हो । प्रतिनिधि सभाका लागि १६५ पदमा २,४१२ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभाका लागि ११० पदमा ३,२२४ जनाले उम्मेदवारी दिएका छन् ।

कुल मतदाता संख्या १ करोड ७९ लाख ८० हजार ५ सय ७० जना छन् भने २२ हजार २ सय २७ जना मतदान केन्द्र र १० हजार ८ सय ९२ मतदान स्थल रहेका छन् । त्यस्तै गरी अस्थायी मतदान केन्द्र १ सय ४१, समानुपातिक मतदाता ४ लाख ५० हजार र ८ करोड मतपत्र छापिएको छ ।

कुल पर्यबेक्षक ७ हजार २ सय १९ जना रहेका छन् भने १८ वटा कुटनीतिक नियोगले अनुगमन गरेको छ । त्यस्तैगरी निर्वाचन आयोगले ३ दिनभित्र प्रत्यक्षतर्फको नतिजा र ५ दिनभित्र समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने भएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com