समानुपातिक उमेदवार सन्दिप रानाबाट कालिका मतदान केन्द्रमा पहिलो मतदान
पाल्पा ।
नेपाली काङ्ग्रेसका युवा नेता समानुपातिक उमेदवार सन्दिप रानाले कालिका माबि मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको छ ।
रामपुर नगरपालिका ४ देविस्थानमा रहेको मतदान केन्द्रको “घ” बुथबाट रानाले ७.४५ बजे पहिलो मतदान गर्नुभएको हो ।
प्रतिनिधि सभाका समानुपातिक उम्मेद्बार राना मतदान गर्दै लोकतन्त्रमा मताधिकारको प्रयोग गरेको बताउनुभयो । उहाँले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न मतदातामा आग्रह गर्नुभयो ।
रामपुर नगरपालिका वडा नम्बर ४ मा ३३७६ मतदाता छन् । जहाँ कालिका माबि एउटा मात्र मतदान स्थल छ । सो मतदान स्थलमा क ख ग घ गरि ४ मतदान केन्द्र रहेको छ ।