2

Logo २०८३ बैशाख १३ आइतबार
स्वच्छ प्रतिष्पर्धाको पक्षमा रहेको सत्ता गठबन्धन जिताउन अनुरोध

स्वच्छ प्रतिष्पर्धाको पक्षमा रहेको सत्ता गठबन्धन जिताउन अनुरोध


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर १ २०७९
540

पाल्पा

नेपाली काँग्रेस पाल्पाका सभापति तथा सत्ता गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले स्वच्छ प्रतिष्पर्धाको पक्षमा सत्ता गठबन्धन रहेको बताउनुभएको छ ।

विहीबार तानसेनमा भएको पत्रकार सम्मेलनमा श्रेष्ठले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले आसन्न मंसिर ४ को निर्वाचनलाई स्वच्छ प्रतिष्पर्धाको रुपमा गठबन्धनले लिएको बताउनुुुभयो । केही दलहरु आरोप प्रत्यारोप गर्दै जनतामाथि झुटको खेति गरिरहेको प्रति संकेत गर्दै संयोजक श्रेष्ठले गठबन्धन स्वच्छ प्रतिष्पर्धाको पक्षमा रहेको धारणा व्यक्त गर्नुुुभयो । इमान्दारपुर्वक स्वच्छ प्रतिस्पर्धा गरेका छौ, बरु निर्वाचनमा हार बेहोर्न तयार छौं तर कसैलाई आरोप- पत्यारोप लगाउने र जनतालाई झुुट्टा प्रचार गर्दैनौ । ’

संयोजक श्रेष्ठले दुई/दुई पटक संसद भंग गर्ने, देशमा अस्थिरता फैलाउने, स्वच्छाचारिता गर्ने केपी ओलीको प्रवृत्तिका विरुद्ध गठबन्धन भएको स्पष्ट पार्नुभयो । एमालेको निर्दलीय कदम र स्वेच्छाचारिता विरुद्धको गठबन्धन भएकाले एमालेका साथीहरुले समेत अहिले गठबन्धनलाई भोट दिएर विजयी बनाउनुपर्ने श्रेष्ठको तर्क गर्नुभयो ।

अब फेरी जनताले मत दिएर संसदमा गएपछि संसद विघटन गर्दैन भन्ने के ग्यारेन्टी त्यहि भएर ऐजेण्डा विहिन एमालेलाई भोट हालेर पछुताउनु मात्रै हुने श्रेष्ठको भनाई छ । गठबन्धन र उम्मेदवारहरुले गरेका प्रतिवद्धताहरु पुरा गर्ने दिशामा आफुु एक भएर लाग्ने पनि श्रेष्ठले बताउनुभयो।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद् यादव बहादुर रायमाझीले मंसिर ४ को निर्वाचन सामान्य नभई विशेष भएको बताउनुभयो । रायमाझीले अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमनका विरुद्धको लडाई भएको बताउनुभयो । यो लडाई सत्ता गठबन्धन र प्रतिपक्ष दल बिचको लडाई हो । ’ प्रतिगमनलाई परास्त गर्न र लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरिएकाले गठबन्धनको जित निश्चित रहेको रायमाझीले बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले गठबन्धनद्वारा जारी प्रेस विज्ञप्ति प्रस्तुत गर्नुभयो । समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले लोकतान्त्रिक व्यवस्था ल्याउनका लागि पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ओलीले लोकतन्त्रलाई नै लत्याएर प्रतिगमनको बाटो रोजेकाले त्यसको विरुद्ध लाग्न समेत पत्रकारहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रममा पाँच दलिय गठबन्धनले मंसिर ४ मा हुने निर्वाचनको सम्पूूर्ण तयारी पूरा भएको जनाएको छ । कार्यक्रममा पत्रकारहरुले जिज्ञासा राखेका थिए । गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठको अध्यक्षता, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र विकको स्वागत, मथुरा ढकालको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com