2

Logo २०८३ बैशाख १३ आइतबार
भोलि मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने

भोलि मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक ३० २०७९
813

काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । मंसिर ४ को निर्वाचनका लागि दल तथा उम्मेदवारले गत कात्तिक १७ मा चुनाव प्रचार शुरु गरेका थिए ।

निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । ‘विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । कानुनमा मौन अवधि भनेको रहेनछ । शून्य समय पनि भन्यौं । तर, ४८ घण्टा भनेको स्थिर समय हो,’ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो- ‘आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध हुनेछ ।’

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न नपाउने निर्वाचन आयोग नेपालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com