2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली काङ्ग्रेस प्रबेश गर्नेको लहर बढ्दै

नेपाली काङ्ग्रेस प्रबेश गर्नेको लहर बढ्दै


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक ३० २०७९
484

पाल्पा

पछिल्लो समय पाल्पामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै नेकपा एमालेबाट असन्तुष्ट हुँदै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।

मंगलबार रिब्दीकोट गाउँपालिकामा युवा संघका पूर्व जिल्ला सदस्य खेमजंग रानासहितका दुई दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । बहुमत पाएर पनि पुरा सरकार सञ्चालन गर्न नसकेको र पटक पटक संसद विघटन गर्नेदेखि संविधान नै मिच्ने काममा अग्रसर एमालेमा बसि रहन नसक्ने भन्दै पार्टी परिवर्तन गरी काँग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरु बताउँछन् ।

नेपाली काँग्रस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नवप्रवेशीहरुलाई एक कार्यक्रमका बिच सदस्यता वितरण गर्नुभयो । पार्टीमा नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै सभापति श्रेष्ठले एमालेबाट जनताहरु आजित भइसकेकाले पूर्वी पाल्पादेखि पश्चिमसम्मका युवाहरु यतिबेला काँग्रेस प्रवेश गर्न थालेको बताउनुभयो । जिल्लामा अब यसैगरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै जाने सभापति श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नयाँ प्रवेशीहरुलाई बीपीले परिकल्पना गरेको समाजवादको बाटोमा विचल्लित नभई एकाकार हुन समेत सबैलाई आग्रह गर्नुभयो। सभापति श्रेष्ठले काँग्रेस सधैँ गरिब, दलित, अन्याय, अत्याचार, भष्ट्रचारका विरुद्ध लड्ने पार्टी भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com