2

Logo २०८३ बैशाख १३ आइतबार
कालीगण्डकी करिडोर जनताको आर्थिक उर्पाजनको जग

कालीगण्डकी करिडोर जनताको आर्थिक उर्पाजनको जग


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक २९ २०७९
764

पाल्पा ।

बाम-लोकतान्त्रिक गठबन्धनमा पाल्पा क्षेत्र नं. २ का साझा उम्मेद्वार सोम प्रसाद पाण्डेयले कालीगण्डकी करिडोरलाई यस क्षेत्रको जनताको आर्थिक उर्पाजनसँग जोड्ने बताउनुभएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाको विभिन्न क्षेत्र भएर जाने कालीगण्डकी करिडोर क्षेत्रका जनताको स्थानीय उत्पादनलाई बजारीकरण गर्न, यहाँका आर्थिक विकास गर्ने गरेर यस सडकलाई उपयोग गरिने बताउनुभयो ।

उहाँले पाल्पाको बाँकी रहेको कालीगण्डकी करिडोर क्षेत्रको स्तरउन्नती र कालोपत्रे गर्ने काम तत्कालै गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफू सांसद हुँदा आफ्नै पहलमा पाल्पा देखि मुस्ताङसम्मको सांसदको डेलीकेशन र पहलमा भएको कालीगण्डकी करिडोरले यस क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

बगनासकाली गाउँपालिका वडा नं. ७ को चापखोला, मैदानवारी, झाँक्रीस्थान, टाँकीचौर, दैलातुङ्ग, यम्घाको सिखरडाँडा, मन्द्रान लगायतको क्षेत्रमा घरदैलो तथा चुनावी सभामा बोल्दै स्थानीय उत्पादनको बजारीकरण गर्ने बताउनुभयो । उहाँले करिडोरसँग जोडिएको बस्तीलाई कृषि, पशुपालन र उद्यममा जोडेर यस क्षेत्रको जनताको जीवनस्तरमा परिवर्तन ल्याउने बताउनुभयो ।

नेता पाण्डेयले राम्दी जोड्ने मोटरबाटो, दोवाटे–दैलातुङ्ग मोटरबाटोलाई कालोपत्रे गर्ने, दैलातुङ्गमा होमस्टे संचालन गरेर पर्यटनको विकास गर्ने, रानीमहल क्षेत्रको थप प्रभावकारी व्यवस्थापन गर्ने, उर्लेनी–स्कुले मोटरबाटोको विस्तार, मग्रान सिंचाई आयोजनलाई पूर्णता दिने बताउनुभयो ।

पूर्व मन्त्री समेत रहनुभएका नेता पाण्डेयले दैलातुङ्गको बोटे समुदायमा जनता आवास कार्यक्रम मार्फत सबैको घर निर्माण गरी उनीहरुलाई आय आर्जनका कार्यक्रममा जोड्ने बताउनुभयो । पाल्पाको विकासको लागि आफू लामो समयदेखिको अनुभवी जनप्रतिधि भएकाले विकासको खाकालाई देशभर लैजान फेरी जनप्रतिनिधि हुन मैदानमा उत्रिएको बताउँदै नेता पाण्डेयले विकास र समृद्धिको लागि गठबन्धनलाई मतदिनुपर्ने बताउनु भएको छ ।

जिल्लाको बगनासकाली गाउँपालिकाको खानीगाउँ, यम्घा लगायतका क्षेत्रमा आयोजित घरदैलो तथा सभामा बोल्दै पाल्पा क्षेत्र नं. (२) १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार वीरबहादुर रानाले बगनासकालीको खानीगाउँ र दैलातुङ क्षेत्रमा विकासको लागि कालीगण्डकी करिडोरलाई जोड्ने बताउनुभयो । बोटे, दलित समुदायको आर्थिक अवस्था वृद्धिको लागि रोजगारीको कार्यक्रम संचालन गरिने बताउनुभयो ।

उहाँले आफू यस क्षेत्रबाट प्रतिनिधि भएर सिंचाई मन्त्री भएपछि यस क्षेत्रको कृषि, पशुपालन, शिक्षा, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा धेरै योजनाहरु ल्याएको कतिपय सम्पन्न भइसकेको तर केही बाँकी रहेकाले त्यसलाई मूर्त रुप दिएर समृद्ध बगनासकाली निर्माण गर्ने मुख्य ध्येय रहेको बताउनुभयो । यम्घाको सिता मावि, गुँगा मावि, खानीगाउँमाविमा शिक्षाको गुणस्तर वृद्धि र प्राविधिक शिक्षाको विकासमा ध्यान दिने बताउनुभयो ।

उहाँले बगनासकालीका विभिन्न क्षेत्रमा बाँदरले आतंक मच्चाएको गुनासो आएको बाँदर र जंगली जनावरको कारण गाउँनै विस्थापित हुनुपरेको भन्दै त्यसको दीर्घकालिन र बैज्ञानिक व्यवस्थापनसँगै बाँदर नियन्त्रणमा समेत आफूले योजना बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका सचिव सुनिता अधिकारी, गुन बहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्रका संयोजक नेत्र प्रसाद पाण्डेय लगायतले गठबन्धनको पक्षमा मत दिन आग्रह गर्नुभयो ।

यस्तै गरी पाल्पा क्षेत्र नं. (२) २ का सांसद तुलाराम घर्ती मगरले रिब्दीकोटको फेक, ठिमुरे, कुशुमखोला लगायतको क्षेत्रमा घरदैलो गर्नुभएको छ । उहाँले यस क्षेत्रको ऐतिहासिक रिव्दीकोट, पूर्णाकोट लगायतका पर्यटकीय गन्तव्यहरुको विकास, रिब्दीकोट, फेक, ठिमुरे लगायतका क्षेत्रमा कबुलियती वन कार्याक्रम मार्फत जनतानलाई आय आर्जनमा लगाउने बताउनुभयो ।

नेकपा माओवादीका पोलिटव्यूरो सदस्य समेत रहनुभएका घर्तीले रिब्दीकोट, तिनाउँ, रैनादेवी छहराको विकासमा आफूले जति काम विपक्षीले गर्न नसक्ने आफू निर्वाचित भएपछि विकासका बाँकी काम सम्पन्न गरेर आर्थिक र सामाजिक रुपान्तरणमा अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य पुरन केसी, अनिल किशोर घिमिरे लगायतका नेताले गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com