2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा मंगलबार देखि मदिराजन्य पदार्थ विक्रीमा रोक

पाल्पामा मंगलबार देखि मदिराजन्य पदार्थ विक्रीमा रोक


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक २८ २०७९
988

पाल्पा

जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लामा मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ ।

आगामि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाइ मध्यनजर गर्दै मदिराजन्य पदार्थको खरिदविक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले एक सूचना जारी गर्दै जानकारी दिनुभयो ।

उहाँले कार्तिक २९ गतेदेखि प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएर मतगणना नसकिदा सम्म पाल्पामा कुनै पनि प्रकारको मदिरा खरिद विक्री, ओसार पोसार र सेवन गर्न निषेध गरिएको र कसैले सूचना विपरित काम गरेमा प्रचलित कानून बमोजिम कारवाही समेत गरिने जानकारी दिनुभयो ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले संचालन गर्नको लागि यो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com