प्रतिगमनका विरुद्ध अग्रगामी दल एक ठाँउ
पाल्पा ।
बाकामलाङको अर्मलाङमा युवा परिचालन प्रशिक्षण बैठक तथा कोणसभामा बोल्दै राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले ओलीको प्रतिगमन कदमका विरुद्ध अग्रगमन दल एक ठाउँमा उभिएको बताउनुभयो ।
महिला, जनजाति, दलित, मुस्लिम,अल्पसंख्यक तथा आम समुदायको अधिकार प्रत्याभुति भएको संविधान नै मास्ने गरि नेकपा एमाले लागेकोले एमालेलाई कुनै पनि हालतमा हराउनुपर्ने गैरेले बताउनुभयो ।
पाल्पाको सुदुरपुर्व निस्दी गाउँपालिकाको बाकामलाङ्ग पुग्नुभएकी गैरेलाई स्थानीयले पहिलोपटक राष्ट्रिय सभा सदस्य गाउँ आएकोमा भव्य स्वागत गरेका थिए । बाकामलाङ्ग हुँदै सहलकोट- मित्याल-हुँदै झ्यालबास र बाकामलाङ्ग मित्याल- पुर्वखोला- ज्यामिरे- झडेवा- बासटारी सडकखण्डको बाटो बनाउन मन्त्रालय माग गरेको बताउदै पुर्वी पाल्पाको बिकासमा आफ्नो ठाउँबाट काम गर्ने बताउनुभयो ।
स्थानीयले निस्दीमा बिजुली, एक घर-एक धारा, बौदीखोलामा पक्की पुल लगायतको योजनामा काम गर्नुपर्ने बताउदै बिकासलाई घर गाउँसम्म ल्याउन अनुरोध गरेका थिए ।