2

Logo २०८३ बैशाख १३ आइतबार
जनताको अवस्था परिवर्तनकै लागि जनतामाझ आएको गठबन्धनका उम्मेद्वारको भनाई

जनताको अवस्था परिवर्तनकै लागि जनतामाझ आएको गठबन्धनका उम्मेद्वारको भनाई


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक २६ २०७९
491

पाल्पा क्षेत्र नं. १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारले जनताको अवस्था परिवर्तनको लागि आफुहरु जनता माझ आएको बताएका छन् ।

मुलुकमा व्यवस्था परिवर्तन भए पनि क्षेत्र नं. १ का जनताको अवस्था परिवर्तन हुन नसकेको भन्दै उनीहरुलाई साच्चिकै  विकासको प्रत्याभूति दिन र विकास गाउँ ठाउँ जनताको घरदैलोमा लैजान गठबन्धनका उमेदवार आएको बताएका हुन् ।

रामपुर नगरपालिका वडा नं. ४, ५ र ६ का विभिन्न टोलहरुमा भएको घरदैलो कार्यक्रम तथा कोणसभामा बोल्दै प्रतिनिधि सभा सदस्यका उमेदवार ज्ञान बहादुर गाहाले सुगम स्थानको अवस्था हेरेर मात्र हुदैन ग्रामीण भेगका जनताको अवस्था निकै दयनिय रहेको बताउनुभयो । ८० वर्षको आमाहरुले घण्टौं लगाएर कुवाबाट पानी भर्नुपर्ने बाध्यता, अझै पनि टुकीको साहारामा बस्नु पर्ने, सिटामोलसम्म नपाउने अवस्था छ, गाहाले भन्नुभयो- “विरामी हुँदा बोकेर अस्पताल लानुपर्ने समस्या छ  उनीहरुको आधारभूत आवश्यकता पुरा गर्न साथै सुगम स्थानलाई थप व्यवस्थित बनाउनको लागि पहल गर्नेछु ।” गाहाले रामपुर आर्यभञ्ज्याङ्ग सडक खण्ड पिच सहित स्तरोन्नती, अन्य आवश्यक सडक तथा पूर्वाधारमा ध्यान दिने बताउनुभयो । गाहाले कालीगण्डकी डाईभर्सनलाई रोक्न र यहाँका धार्मिक तथा पर्यटकिय स्थलहरुको विकासको लागि प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।

पाल्पा क्षेत्र नं. १ प्रदश सभा १ का गठबन्धनका साझ उम्मेद्वार श्यामकान्त खनालले २८ वर्षको समयमा एमालेबाट नेतृत्व गरेर गएका धेरै नेताहरुको अलमल कै कारण क्षेत्र नं. १ पछि परेको बताउनुभयो । स्रोतको पहिचान गर्न नसक्दा विकासका योजना भित्र्याउन नसेको स्पष्ट पार्दै खनालले भन्नुभयो, “उहाँहरु निर्वाचित भएर जानु भयो तर अलमलमा पर्नुभयो । स्रोत पहिल्याउन सक्नु भएन । हामीले रामपुर सहित यस ठाउँको सम्भावना देखेका छौं ।” परम्परागत कृषिमा आधारित जनतालाई सक्षम बनाउनका लागि उनीहरुको जीवन स्तर सुधार गर्नका लागि अबको ५ वर्ष जनताको लागि खर्चने बताउनुभयो ।

कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार सन्दिप रानाले नेपाल संगै पाल्पाको परिवर्तनको लागि युवा उमेदवारका रुपमा आफु आएको बताउनुभयो । पाल्पाका ग्रामीण तथा फाँटमा रहेका विभिन्न जातिका कला र संस्कृतिको संरक्षण जगेर्ना गर्न र अन्य पूर्वाधार विकासका कामलाई अघि बढाउने संकल्पका साथ अघि बढेको बताउनुभयो । रानाले पाल्पा, स्याङ्जा, गुल्मी, तनहुँ, नवपुरका जनतालाई मध्येनजर गर्दै रामपुरमा मेडिकल कलेज, आइटी कलेज र एयरपोर्टको बिकासलाई पहलकदमी गर्ने बताउनुभयो । उहाँले कालीगण्डकी उपत्यकाको विकास र समृद्धिका लागि कालीनदीको महत्वपूर्ण भुमिका रहेको भन्दै आफ्नो एक थोपा रगत रहुन्जेल सम्म एक थोपा पानी पनि डाईभर्सन गर्न नदिने प्रतिवद्धता जनाउनु भएको छ ।

नेकपा समाजवादीका नेता तथा राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले दुई तिहाइको सरकार चलाउने अधिकार पाएको नेकपा एमालेको सरकारले सही निकास दिन नसक्दा पार्टि विभाजन भएको र संविधान र जनताको रक्षा, देशमा विकास निर्माणका लागि गठबन्धन गर्नु परेको बताउनुभएको छ । स्थानीय तहको निर्वाचनमा जनताले गठबन्धनलाई भारी मत दिएको र प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पनि गठबन्धनले भारी मतका साथ विजयी हासिल गर्ने राष्ट्रिय सभा सदस्य गैरेले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा रामपुर नगर सचिव रामप्रसाद गैरेले बोल्दै लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउनुहुन अनुरोध गर्नुभएको छ । वडा कार्यसमिति सभापति थर्कबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो । बाम गठबन्धनले रामपुर ४ को देवेस्थान, भालुआप ब्यास क्षेत्र, रामपुर नगरपालिका वडा नं ५ को राङभाङ सानीअमराई, रामपुर ६ तिलकपुरको चारपाटे, माझटोल, प्याक्लुकमा चुनावी घरदैलो तथा कोणसभा गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com