2

Logo २०८३ बैशाख १३ आइतबार
विकास गर्ने गठबन्धनले नै हो- प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर गाहा

विकास गर्ने गठबन्धनले नै हो- प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर गाहा


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक २३ २०७९
2K

पाल्पा

पूर्वी पाल्पाको विकास गर्ने नै गठबन्धनले भएको क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानबहादुर गाहाले बताउनुभएकाे छ ।

चुनावी अभियानको क्रममा मतदाता संग पुग्नुभएका गाहाले लामो समय एकै दलले जित्दा र जिताउदा गाउँठाउँको बिकास नभएको भन्दै अब गठबन्धनले विकास गर्ने ग्यारेन्टी भएकाले मत दिन आग्रह गर्नुभयो ।

बुधबार रम्भा गाउँपालिका वडा नम्बर २,३ मा भएको घरदैलो कार्यक्रममा भेटिनुभएका उमेदवार गाहाले विगतमा एमालेले जितेको पूूर्वी पाल्पामा विकासका आधारभुत कुरामा पनि ध्यान नदिएको भन्दै अब परिवर्तनका लागि काङ्ग्रेस नेतृत्वको गठबन्धनले जित्नुपर्ने बताउनुभयो । लामो समयदेखि यस ठाउँमा एमालेले जित्यो खोइ त पानी? राम्रो बाटो र जीवन सहज बनाएर चलाउने अबस्था खोइ उहाँले प्रश्न गर्नुभयो ।

भविष्य बोकेको कालीगण्डकीको उपयोग र महत्त्व दर्शाउनु साटो डाईभर्सन गर्ने योजना कसैलाई मान्य नहुने बताउनुभयो । डाईभर्सन रोक्न र नदीको संरक्षणका लागि म प्रतिवद्ध छु, यसमा सबै जनताले साथ दिनुस्, म जिते यो योजना अघि बढ्न दिन्न उहाँले थप्नुभयो । कालीगण्डकी धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वको नदी भएकाले यहाँको पर्यटन प्रवर्द्धनका योजनाहरु अघि सार्ने  बताउनुभयाे । जिल्लाको मुख्य व्यापारिक केन्द्र रामपुर संगै क्षेत्र नं. १ लाई सबै भन्दा पहिला सडक सञ्जालसँग जोडेको आर्यभञ्ज्याङ्ग –जब्गादी – रामपुर सडक जिर्ण बनेको भन्दै सडकलाई पिच सहित स्तरोन्नती गर्ने बाचा समेत गाहाले गर्नुभएकाे छ ।

उहाँले बाँसटारी–झडेवा–रहबास– दुम्कीबास, अगाहाखोला–हुमिन–देवीनगर–झडेवा–भुटुके, सुनवल जोड्ने सडक स्तरोन्नती गर्ने योजना अघि सारेको बताउनुभयाे । साथै गाहाले प्रत्येक पालिकाको केन्द्रसम्म पुग्ने पक्की बाटो निर्माण गर्ने, कालीगण्डकी करिडोरसँगको पहुँच मार्ग निर्माण गर्ने घोषणा समेत गर्नुभयाे । विद्युत, खानेपानी र स्वास्थ्य क्षेत्रका योजनालाई प्रथामिकताका साथ अघि बढाउने पनि उहाँले बताउनुभयाे ।

नेपाली काँग्रेसका प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सन्दिप रानाले युवाहरुलाई विकास र समाज रुपान्तरणमा बढाउन गठबनधनले जित्नु पर्ने बताउनुभयाे । साथै रानाले आन्दोलनबाट प्राप्त  लोकतन्त्रको रक्षा गर्दै अवस्था परिवर्तनका लागि युवाहरु अघि बढ्ने समय आएको बताउनुभयाे ।

यसैबिच पाल्पा क्षेत्र नं. १ का प्रदेश सभा १ का उम्मेदवार श्यामकान्त खनाल रामपुर वडा नम्बर १ र २ मा  पाल्पा १ प्रदेश सभा २ का उमेदवार शंकर खनाल रम्भा गाउँपालिका वडा नम्बर १,२ र ३ का गाउँ- गाउँमा पुगेर घरदैलो गर्नुभएको छ । गठबन्धनको पक्ष रुख चिन्हमा मतदातालाई मतदान गर्न आग्रह गर्दै उहाँहरुले राष्ट्रलाई आपत बिपत पर्दा काङ्ग्रेसले नै सही दिशामा लाने भन्दै गठबन्धनलाई रुखमा मत दिन पाल्पा १ बासीलाई आग्रह गर्नुभयो ।

गठबन्धनका उम्मेदवारहरुसँगै कांग्रेस पाल्पाका जिल्ला सचिव सन्तोष कुमार थापा, क्षेत्रीय सभापति झमनराज मगर, महासमिति सदस्य देवराज ढकाल, महाधिवेशन प्रतिनिधि दान बहादुर पछाई, किशोर पङ्गेनी लगाएतका नेताहरु मतदाताको घर–घरमा पुुग्नुभएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com