2

Logo २०८३ बैशाख १३ आइतबार
प्रदेश १ का वन मन्त्रीको निधनमा भोलि बिदा

प्रदेश १ का वन मन्त्रीको निधनमा भोलि बिदा


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक २३ २०७९
708

काठमाडौं

प्रदेश–१ सरकारले बिहीबार अर्थात् भोलि प्रदेश–१ मा सार्वजनिक विदा दिएको छ ।

प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले बिहीबार एक दिन शोक बिदा संगै झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले जानकारी दिनुभयो ।

शेखरचन्द्र थापा मंसिर ४ मा हुने निर्वाचनमा मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com