2

Logo २०८३ बैशाख १३ आइतबार
बदर मत घटाउन पाल्पाका सबै पालिकामा नमुना मतदान

बदर मत घटाउन पाल्पाका सबै पालिकामा नमुना मतदान


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९
848

पाल्पा ।

निर्वाचनमा बदर मतको संख्या घटाउन जिल्ला निर्वाचन कार्यालय पाल्पाले नमुना मतदानलाई जिल्लामा तिब्र पारेको छ ।

मतदाता शिक्षाको अभावमा मत बदर हुन सक्ने भएकोले बदर मतको संख्या कम गर्न जिल्लाका सबै पालिकामा नमुना मतदान अभियान लैजाने जनाएको हो । आइतबार पुर्वको रामपुर नगरपालिका पुगेको टोलीले रामतुलसी मा. वि.मा नमुना मतदान आयोजना गरेको छ । नमुना मतदानमा रामपुर क्षेत्रका १७ जना महिला र १३ जना पुरुष गरि ३० जना मतदाता सहभागी भएका थिए।

नमुना मतदान कार्यक्रममा मतदातालाई कसरी मतदान स्थल प्रबेश गर्ने, कागजपत्र लिने स्वस्तिक चिन्हद्दारा गोप्य स्थलमा गएर मत दिनुपर्ने, पट्याउने र बाकसमा मत कसरी खसाल्ने? मत बदर हुन नदिन कस्तो-कस्तो अबस्थामा सही र गलत मत हुनजान्छ भन्ने बिषयमा जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभएको थियो ।

नमुना मतदानबाट निर्वाचनमा सहभागी हुँदा मतदाताले अपनाउनुपर्ने आचारसंहिता देखि मत हालेर बाहिर निस्कनेसम्मको अबस्था, ४ प्रकारको मतपत्र बारेमा समेत जानकारी गराउनुभएको हो ।

रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल मतदान अधिकृतको जिम्मेवारीमा भएको नमुना मतदानमा निर्वाचन क्षेत्र नं. १ निर्वाचन कार्यालयका प्रमुख मतदान अधिकृत गोपाल प्रसाद ढकालले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सबै नागरिकहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नमुना मतदान अभ्यासले मतदातामा भएको अलमल हट्ने र अरुलाई मत हाल्न सिकाउन ढुक्क बनाउने बताउनुभयो । रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको पहिलो मतदानबाट मतदान अभ्यास शुरु भएको हो ।

यस अघि जिल्ला निर्वाचन कार्यालयले पाल्पाको तानसेन १४ अर्गलीमा नमुना मतदान अभ्यास गरिसकेको छ । निर्वाचन आयोगले पाल्पाका ८१ वटै वडामा महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि खटाइसकेको छ । गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा आयोगले गाउँघरमा मतदाता शिक्षा कार्यक्रम संचालन गरेको थिएन ।

स्थानीय तहको निर्वाचनमा पाल्पामा ५ प्रतिशत भन्दा बढी मत बदर भएको थियो । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा स्थानीय तहको दाजोमा बदर मत कम हुने आंकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com