2

Logo २०८३ बैशाख १३ आइतबार
श्रृजनशिल कप २०७९ को उपाधी आयोजक श्रृजनशिल क्लबलाई

श्रृजनशिल कप २०७९ को उपाधी आयोजक श्रृजनशिल क्लबलाई


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९
785

पाल्पा

रामपुर श्रृजनशिल युवा क्लबको आयोजनामा भएको श्रृजनशील कप २०७९ को उपाधी आयोजकले नै हात पारेको छ ।

श्रृजनशील खेलमैदान रामपुर ६ बिजयपुरमा शनिबार भएको फाईनल खेलमा सराई युवा क्लवलाई १/० गोलले पराजित गर्दै आयोजक श्रृजनशील युवा क्लवले उपाधी जितेको हो ।

रामपुर श्रृजनशिल युवा क्लवका लागि खेलाडी अजित गुरुङले खेलको पहिलो हाफमा गरेको गोल नै अन्ततः निर्णायक बन्यो । प्रतियोगिता अवधिभर दुवै टिमले एक अर्कालाई दवावमा राखेपनि पटक-पटक मौका पाएको सराई युवा क्लब गोल गर्नबाट चुकेको थियो । यससँगै पाल्पाको सराई युवा क्लव उपविजेता भएको छ ।

खेलकुदको उत्थानका लागि क्लबको २४ औं बार्षिकोत्सवका अबसर पारेर गत कार्तिक १३ गतेदेखि शुरु भएको प्रतियोगिताका बिजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेका छन् ।

प्रतियोगिताका बिजयी टिमलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा सहित प्रतियोगितामा पुरस्कार सौजन्य गर्ने दाताले पुरस्कार प्रदान गर्नुभएको थियो । खेलकुदको विकास र युवाहरुलाई प्रोत्साहनका लागि आयोजना गरिएको खेल समापनका अबसरमा बोल्दै रामपुर नगरपालिकाका प्रमुख थापाले क्लबले सामाजिक कार्यमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष एंव गठबन्धनका प्रदेश सभा सदस्य उमेद्धार श्यामकान्त खनाल, रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा एकिकृत समाजवादी पाल्पाका सहसचिव कमल सेन र विजयपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर थापाले युवाको सक्रियता समाजको हरेक क्षेत्रमा हुनुपर्नेमा जोड दिनुभएको थियो ।

क्लवका अध्यक्ष ताल बहादुर थापा (गुप्त)को अध्यक्षतामा भएको कार्यक्रम सुदिप गैरेको स्वागत र क्लवका पुर्व अध्यक्ष ओम प्रकाश रेग्मीको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com