हरिबोधनी एकादशीमा कालीगण्डकीमा लाग्यो यस्तो मेला (तस्बिर)
गण्डकीबेशी ।
कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीमा देशभरका भगवान् बिष्णुका प्रतिक मानिने स्थलमा भव्य मेला लागेको छ ।
भगवान् बिष्णुको शिलाको रुपमा लिइने शालिग्राम शिला पाइने कालीगण्डकी नदीका वारीपारी किनारमा आज सबेरैदेखि मेला लागेको छ । कालीनदीमा स्थान गर्ने र मेला भर्नेहरुको एकादशीमा उल्लेख भिड लाग्दछ । म्याग्दी देखि देवघाट सम्म ठूलो मेला लाग्दछ भने नारायणीमा पनि उत्तिकै दर्शनार्थी हुने गर्दछ्न् ।
आज कालीगण्डकीको रिडी, राम्दी, हुगीघाट, भुजात, ज्याग्दी, तातोपानी, केलादी, बालीघाट र देवघाटमा स्थानीय सहित पायक पर्ने घाट तथा स्थलमा भारतबाट समेत स्नान गर्न भक्तजन आएका छन् ।
यस क्षेत्रको एकादशी मेला उत्वस सहित नदीमा कुश, बनकशी, तामायुक्त तोरणमा आप, पिपल, फुलमाला, पैसा घुसारेर तयार पारिएको तोरण तारिएको छ ।
नदी छेउछाउका कुमाल समुदायले बनाएको माटाका भाडा, बासबाट बुनेका भकारी, डोको नाम्लो, सुपो, चाल्नो, सुन्तला, तरुल, सखरखण्ड सहितका सामाग्री किनबेचको थलोपनि एकादशी हुने हुँदा मेला भर्नेहरुको भिडभाड हुने गर्दछ ।
बिहान झण्डै ५ बजेदेखि नै नदीमा स्नान गर्ने र व्यापार व्यबसाय गर्नेहरुको चहलपहलले अबेरसम्म मेला लाग्ने गर्दछ ।
कालीगण्डकी नदी किनार विभिन्न स्थानका एकादशी मेलाको झलक-






तस्बिर- वीर ब. बिसी, अर्जुन पौडेल
-सामाजिक संजाल