2

Logo २०८३ बैशाख १४ सोमबार
आजदेखि ५ दिनसम्म लाग्छ चिच्याएर वर माग्ने सत्यवती मेला

आजदेखि ५ दिनसम्म लाग्छ चिच्याएर वर माग्ने सत्यवती मेला


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९
708

पाल्पा ।

पाल्पाको सत्यवती मेला आजबाट शुरु हुदैछ । यहाँ नेपालमै अनौठो चिच्याएर वर मागिन्छ ।

जोग परेको समय ५ दिन मेला लाग्दछ । कार्तिक पुर्णिमा कार्तिक महिनामा पर्यो भने जोग मानिन्छ । यसबर्ष पनि जोग परेकोले आज कार्तिक शुक्ल एकादशी देखि कार्तिक २२ गते पुर्णिमासम्म मेला लाग्ने सत्यवती मन्दिर व्यबस्थापन समितिले जनाएको छ ।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ कोलडाडामा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको बिश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँस र पातीको लिगो लिएर आवाज निकाल्ने गरि चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिषरको पोखरीमा लिगो गाडेर पुजा गर्ने चलन छ । प्रायः रातीको समयमा पुजा गर्ने प्रचलन छ । लिङ्गो गाडेपछी पछाडी नफर्किकन घरतर्फ लाग्ने गरिन्छ ।

परापुर्व कालमा सत्यवति बजैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिडेको र सोही क्रममा यहा विश्राम गर्दा पोखिएर पोखरी बनेको र पोखरी पनि कुभिण्डो आकारकै रहेको छ ।
धार्मिक तथा ऎतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पुजा गर्न आउनेको यस बर्ष बढी घुइचो लाग्ने मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिनुभयो । मेलामा पाल्पा सहित छिमेकी जिल्लाहरुका विभिन्न स्थान र भारतको सुनौली, नौतुना, गोरखपुर लगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन् ।

जिल्लाको गहनाका रुपमा स्थापित सत्यवति मन्दिर देशभित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएकोले यसको महत्व व्यापक बनेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सहज तरिकाबाट पर्यटक भित्र्याउन स्थानिय सरकार लागिपरेको उहाँले बताउनुभयो ।

सिद्धार्थ राजमार्गको २४ माइल र झुम्सा पानीमिलबाट यहाँ पुग्न सकिन्छ । यस बर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रुपैया भेटि उठ्ने अनुमान गरिएको मन्दिर व्यबस्थापन समिति अध्यक्ष गाहाले बताउनुभयो । मन्दिरमा करीब १ सय ५० बढि स्टलहरु राखिनेछ । मादक पदार्थ विक्रिवितरण र सेवन रोकिनेछ । दर्शनार्थी मन्दिरसम्म पुग्न र २४ माईलदेखि झुम्सासम्मको सडकमा सवारी चाप ब्यवस्थापन मिलाएको तिनाउ वडा नं ४ का वडाध्यक्ष तुल बहादुर आलेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com