छैठौं मण्डली कपमा भलिवल खेल जारी
पाल्पा ।
पाल्पाको पुर्वखोला १ मा जारी छैटौँ मण्डली कप २०७९ अन्तर्गत क्लब स्तरीय खुल्ला पुरूष भलिबल प्रतियोगिता जारी छ ।
मण्डली स्पोर्ट्स क्लब निस्दीले कार्तिक १६ गतेदेखि शुरु गरेको भलिवल प्रतियोगिता अन्तर्गत बिहीबार ४ खेल सकिएको छ । आयोजक मण्डली स्पोर्ट्स क्लब र वालिङ भलिबल क्लब बिच भएको पहिलो खेलमा वालिङ भलिबल क्लबले जितेको छ ।
फ्रेन्डसिप क्लव चापाकोट र लाफा समुह बुटवल बिचको दोस्रो खेलमा फ्रेन्डसिप क्लव चापाकोट बिजयी भएको छ ।
तेस्रो खेल आयोजक मण्डली स्पोर्ट्स क्लब र मणिमुकुन्द क्लव रूपन्देही बिच भएको थियो । श्रीनगर भलिबल क्लब तानसेन र लाफा समुह बुटवल बिचको चौथो तथा अन्तिम खेलमा श्रीनगर भलिबल क्लब पाल्पा बिजयी हुन सफल भएको क्लबका सचिव कृष्ण पङ्गेनीले जानकारी दिनुभयो ।
खेल बेस्ट अफ फाइभको आधारमा लिगकम नकआउटको आधारमा खेलाइएको छ ।
शुक्रबार बिहान ९ बजे श्रीनगर भलिबल क्लब र फ्रेन्डसिप क्लव चापाकोट भिड्नेछन् ।