2

Logo २०८३ बैशाख १३ आइतबार
सृजनशिल कपमा मंगलबार ३ खेल सम्पन्न

सृजनशिल कपमा मंगलबार ३ खेल सम्पन्न


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक १६ २०७९
1.7K

पाल्पा

सृजनशिल युवा क्लब रामपुरको आयोजनामा पाल्पाको रामपुरमा चलिरहेको सृजनशिल कपमा मंगलबार ३ खेल भएको छ ।

कार्तिक १३ गतेदेखि रामपुर ६ बिजयपुर मैदानमा चलेको  खुल्ला फुटवल प्रतियोगितामा मंगलबार बिहान आयोजक सृजनशिल युवा क्लब बि र इस्लामिक सक्रिय युवा क्लब बिचको खेलमा आयोजक सृजनशिल बि टिम बिजयी भएको छ । निर्धारित समयमा गोल हुन नसकेपछी पेनाल्टी सुटआउटमा सृजनशिल बिजयी भएको हो । खेलमा म्यान अफ दी म्याच सृजनशिल युवा क्लब बि का गोलकिपर जर्सी नम्बर १ का रोशन शाही भएका छन् ।

स्काई स्पोट्स चापाकोट बैडी र युथ युनियन मटेरी बिच भएको दोस्रो खेलमा युथ युनियन मटेरी १ गोलले बिजयी भएको छ । खेलमा युथ युनियनका जर्सी नम्बर ७ का खेलाडी सरोज अधिकारी भएका छन् ।

मंगलबारको तेस्रो तथा अन्तिम खेल ज्योतिपुञ्ज युवा क्लब रामपुर र सराई युवा क्लब भएको थियो । खेलमा १ गोलले सराई युवा क्लबले जित हात पारेको छ । खेलमा सराई युवा क्लबका १४ नम्बर जर्सीका खेलाडी सुजन राना भएका छन् ।
क्लबले प्रत्येक खेलका म्यान अफ दी म्याच घोषित खेलाडीलाई नगद र ट्रफी प्रदान गरेको छ ।
रामपुर ६ बिजयपुरका युवा व्यबसायी नारायण प्रसाद पाण्डे र केशव पाण्डेले नगद सहित ट्रफी प्रदान गर्नुभएको क्लबका निवर्तमान अध्यक्ष ओम प्रकाश रेग्मीले जानकारी दिनुभयो ।
बाँकी खेल बुधबार बिहान ८ बजेदेखि शुरु हुनेछ ।

क्लबको २४ औं बार्षिकोत्सवको अबसर पारी भएको प्रतियोगितामा बिजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, मेडल, ट्रफी र उपबिजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेष्ट किपर, बेष्ट डिफेन्डर, हाई स्कोर, राइजिङ खेलाडी र म्यान अफ दि म्याच र फेयर खेलाडीको उत्कृष्ट छ्नौट गरिएको क्लबका अध्यक्ष ताल बहादुर थापा (गुप्त)ले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com