सृजनशिल कपमा मंगलबार ३ खेल सम्पन्न
पाल्पा ।
सृजनशिल युवा क्लब रामपुरको आयोजनामा पाल्पाको रामपुरमा चलिरहेको सृजनशिल कपमा मंगलबार ३ खेल भएको छ ।
कार्तिक १३ गतेदेखि रामपुर ६ बिजयपुर मैदानमा चलेको खुल्ला फुटवल प्रतियोगितामा मंगलबार बिहान आयोजक सृजनशिल युवा क्लब बि र इस्लामिक सक्रिय युवा क्लब बिचको खेलमा आयोजक सृजनशिल बि टिम बिजयी भएको छ । निर्धारित समयमा गोल हुन नसकेपछी पेनाल्टी सुटआउटमा सृजनशिल बिजयी भएको हो । खेलमा म्यान अफ दी म्याच सृजनशिल युवा क्लब बि का गोलकिपर जर्सी नम्बर १ का रोशन शाही भएका छन् ।
स्काई स्पोट्स चापाकोट बैडी र युथ युनियन मटेरी बिच भएको दोस्रो खेलमा युथ युनियन मटेरी १ गोलले बिजयी भएको छ । खेलमा युथ युनियनका जर्सी नम्बर ७ का खेलाडी सरोज अधिकारी भएका छन् ।
मंगलबारको तेस्रो तथा अन्तिम खेल ज्योतिपुञ्ज युवा क्लब रामपुर र सराई युवा क्लब भएको थियो । खेलमा १ गोलले सराई युवा क्लबले जित हात पारेको छ । खेलमा सराई युवा क्लबका १४ नम्बर जर्सीका खेलाडी सुजन राना भएका छन् ।
क्लबले प्रत्येक खेलका म्यान अफ दी म्याच घोषित खेलाडीलाई नगद र ट्रफी प्रदान गरेको छ ।
रामपुर ६ बिजयपुरका युवा व्यबसायी नारायण प्रसाद पाण्डे र केशव पाण्डेले नगद सहित ट्रफी प्रदान गर्नुभएको क्लबका निवर्तमान अध्यक्ष ओम प्रकाश रेग्मीले जानकारी दिनुभयो ।
बाँकी खेल बुधबार बिहान ८ बजेदेखि शुरु हुनेछ ।
क्लबको २४ औं बार्षिकोत्सवको अबसर पारी भएको प्रतियोगितामा बिजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, मेडल, ट्रफी र उपबिजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेष्ट किपर, बेष्ट डिफेन्डर, हाई स्कोर, राइजिङ खेलाडी र म्यान अफ दि म्याच र फेयर खेलाडीको उत्कृष्ट छ्नौट गरिएको क्लबका अध्यक्ष ताल बहादुर थापा (गुप्त)ले बताउनुभयो ।