गठबन्धनका नेतालाई चुनावी प्रचारमा भ्याइनभ्याई
पाल्पा ।
बाम लोकतान्त्रिक गठबन्धनका पाल्पाली उम्मेदवारहरूलाई यतिबेला मतदातासँग मत माग्न भ्याइनभ्याइ छ । मंसिर ४ गते नजिकिदै गर्दा उमेद्धार सहितका नेताहरुलाई सबै वडा र बस्तीमा पुग्नुपर्नेछ ।
अबको झण्डै ३ सातापछि प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै वाम– लोकतान्त्रिक गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका संघ र प्रदेशका प्रत्यक्ष तथा सामानुपातिक उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर गाउँ, टोल बस्तीमा पुुगेका छन् ।
सत्ता गठबन्धनतर्फका पाल्पा क्षेत्र नं .२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेय, प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर राना र प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार माओवादीका पोलिटव्यूरो सदस्य तुलाराम घर्ती (बसन्त) चुनावी साझा एजेण्डा लिएर मतदातासँग मत माग्न गाउँ बस्ती पुगेका हुन् ।
गठबन्धनबाट ३ दलका ३ उमेद्धारले सबै जनालाई मिल्ने गरि प्रतिनिधि सभामा उमेद्धार सोम प्रसाद पाण्डे, २को १ मा उमेद्धार वीर बहादुर राना र २ को २ मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीलाई मत दिन र समानुपातिकमा गठबन्धनका आ–आफ्नो दललाई मत हाल्न आह्वान गरेका छन् ।
उनीहरु गाउँ वस्तीमा पुुगेर जनताका हरेक समस्याहरु सुन्दै समाधान गर्ने आफुहरुको पहिलो प्राथमिकता रहेको बताएका छन् । जनताका हरेक समस्यासँग आफूहरु अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने उनीहरुले मततदाताहरुसँग प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले सोमबार र मंगलबार रिब्दीकोट गाउँपालिकाको फेक र पालुुङ्गमैनादीमा मतदातासँगको भेटघाटमा यस क्षेत्रका समस्याहरुका विषयमा आफुु जानकार भएको र ति समस्या समाधानमा आफुु प्रतिवद्ध भएर लाग्ने बताउनुभएको छ । उहाँले विगतमा यस क्षेत्रमा भएका अधिकासं समस्या समाधान गरिसकेको भन्दै बाँकी समस्या र विकास निर्माणका काम आफ्ना पहिलो प्राथमिकता रहने बताउनुभयो ।
सत्ता मातमा ओलीले संविधानले निर्धारण गरेका राजनीतिक नियममाथि पटक–पटक प्रहार गरेको र संवैधानिक निकाय कब्जा गर्न थालेकाले त्यसका विरुद्ध अहिले गठबन्धन भएको समेत मतदातालाई बताएका छन् । उनले असंवैधानिक र प्रतिगामी कदम रोक्न तथा संवैधानिक प्रक्रियालाई सहि बाटोमा ल्याउन ऐतिहासिक प्रक्रिया प्रारम्भ भएकाले गठबन्धनका दलहरुलाई विजयी बनाउन आग्रह गर्नुभयो । पाण्डेसँगै मतदाता भेट्न पुुगेका प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम (बसन्त) घर्तीले पनि जनताका हरेक समस्यामा आफुु सधै साथ रहेको बताउनुभएको छ । उहाँले अहिलेको निर्वाचन दलहरुबीचको हारजीतको लडाइँ भन्दा पनि राष्ट्रियता जोगाउने र भत्काउने शक्तिहरु बिचको लडाइँ भएको भन्दै गठबन्धनका उम्मेदवारहरुले आगामी निर्वाचनमा राष्ट्रियताको पक्षमा जनमत उभिने दाबी गर्नुभयो ।
प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार वीरबहादुर राना बगनासकाली गाउँपालिकाको नायर, खानीछाप, करङ्गा, मुस्लाङ्खोला, चौपारी, म्याउछाप लगायतका स्थानमा पुुगेर मतदताहरुको समस्या सुन्नुभएको छ ।
मतदाताहरुको समस्या आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु, जनताको विश्वासलाई टुट्न दिन्न।’लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्ने उहाँले भन्नुभयो ।
उम्मेदवारहरुसँगै घरदैलोमा नेपाली काग्रेंस जिल्ला सभापति तथा गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठ, नेकपा एसका जिल्ला अध्यक्ष कमल पाण्डेय ,माओवादी केन्द्रका मधुरा ढकाल, नेपाली कांग्रेसका केन्द्रीय प्रचार विभाग सदस्य हरि प्रसाद नेपाल, एकीकृत समाजवादिका केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, पुर्ब गभर्नर चिरञ्जीवी नेपाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र बिक, राष्ट्रिय जनमोर्चाकी नरमती सिंजाली, नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिका सभापति रामचन्द्र पाण्डे, नेपाल तरूणदल रिब्दीकोट गाउँपालिका संयोजक दिपक पचभैया लगाएतको टोली पुुगेको थियो ।