2

Logo २०८३ बैशाख १३ आइतबार
गठबन्धनको चुनाब प्रचारप्रसार डेस्क स्थापना

गठबन्धनको चुनाब प्रचारप्रसार डेस्क स्थापना


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक १४ २०७९
764

पाल्पा ।

बाम-लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचारप्रसारको लागि पाल्पामा समाचार प्रेषण कक्ष (डेस्क) को स्थापना भएको छ ।
पाल्पा निर्वाचन २ का गठबन्धनका साझा उम्मेद्वार नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय र नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले मैनवत्ति बालेर डेस्कको शुरुवात गर्नुभएको छ ।

प्रतिनिधि सभा उमेदवार पाण्डेयले अहिलेको निर्वाचन संविधानलाई मलजल गर्ने कि मासेर पुन प्रतिगमन तिर फर्किने भन्ने बिचको मुख्य लडाई भएकाले यसपटक गठबन्धनको जित हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकार निष्पक्षरुपमा जनताको आवाज उठाउने भएकाले निष्पक्ष रिपोटिङ गर्दै गठबन्धन सरकार र आफूले गरेको कामको समेत विपक्षीले दुष्प्रचार गरेकाले त्यस विरुद्ध सही सुचना समाचारले चिर्न आग्रह गर्नुभयो ।

काँग्रेस जिल्ला सभापति तथा पाँच दलीय गठबन्धनका पाल्पा संयोजक हिमालदत्त श्रेष्ठले  संविधानको रक्षाको लागि आवाज उठाउँदा एमालेबाट विद्रोह गरी एकिकृत समाजवादी बनेको र काँग्रेस सहितको सहकार्यमा देश विकास अभियानमा लागेको बताउनुभयो । उहाँले एमालेले निर्वाचन जितेमा सोही खालको व्यवहार देखाउने भएकाले पाँचदलीय गठबन्धनको जित र सहकार्य आवश्यक रहेको बताउनुभयो । गठबन्धनको उम्मेदवार विजयी भएमा पत्रकार पेन्सन तथा राज्यले नै तलव भत्ताको व्यवस्था गर्ने गरि विधेयक संसदमा पेश गर्न पहल गर्ने श्रेष्ठले बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र प्रसाद विश्वकर्माले पत्रकार भनेको सत्यतथ्यतालाई समाजसँग पुर्याउन र अहिलेको परिस्थितिमा निर्भिकताको साथ राष्ट्र र संविधानको पक्षमा आवाज दिनुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com