2

Logo २०८३ बैशाख १३ आइतबार
नवलपुर बुलिङटार बस दुर्घटना अपडेट (नामावली सहित)

नवलपुर बुलिङटार बस दुर्घटना अपडेट (नामावली सहित)


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक १३ २०७९
3.3K

नवलपुर ।

मनकामना मन्दिर दर्शनका लागि पाल्पाबाट जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउने र घाइतेको पहिचान खुलेको छ ।

दुर्घटनामा ५ जनाको ज्यान गएको छ । ज्यान जानेहरुमा २ पुरुष र ३ जना महिला छन् । मृत्यु हुनेहरुमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका अन्दाजी ४१ वर्षिय तारा वि.क, सोही स्थानका अन्दाजी १७ वर्षिय विनय वि.क., अन्दाजी ६२ वर्षिय धनी वि.क., अन्दाजी ५८ वर्षिय देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका ९ बेलचौर बस्ने अन्दाजी ४५ वर्षिय फुल मायाँ माझी रहेको ईलाका प्रहरी डेढगाउँले जनाएको छ ।

दुर्घटनामा चालक र सहचालक सहित ३० जना घाईते भएका छन् । घाईते हुनेहरुमा रम्भा गाउँपालिका १ बस्ने ४ वर्षिय अंकित सुनार, १० वर्षिय कृष्ण केवट, १८ वर्षिय प्रविन सुनार, २० वर्षिय राम वि.क., २१ वर्षिय रिता वि.क, २५ वर्षिय कासीराम वि.क., १ वर्षिय आईसा वि.क., १६ वर्षिय अविनास वि.क., १७ वर्षिय विशाल वि.क., ७ वर्षिय पुष्पा वि.क., ४७ वर्षिय मेघनाथ वि.क., स्याङ्जा गल्याङ ९ का २५ वर्षिय दिलमाया राना, सोही स्थानका ३ वर्षिय रविन राना, भैरहवा भिम अस्पतालमा कार्यरत ३२ वर्षिय सुमित्रा वि.क, रम्भा १ भाले ढुङ्गाका १५ वर्षिय रिमा वि.क., रम्भा १ की ३२ वर्षिय सनु सुनार, रम्भा १ का ३८ वर्षिय प्रेम बहादुर सुनार, २० वर्षिय आशिष सुनार, २० वर्षिय विजय वि.क., ३६ वर्षिय मायाँ वि.क., स्याङ्जा गल्याङ ८ का ३५ वर्षिय मनोज कुमार वि.क., सोही स्थानका ३० वर्षिय उमा कुमारी वि.क., गल्याङ ९ का ३० वर्षिय सरिता माझी, सोही स्थानका ३१ वर्षिय रामु राना, पाल्पा रम्भा १ का १२ वर्षिय अस्मिता सुनार, ४७ वर्षिय ओम बहादुर वि.क., ४५ वर्षिय सेती वि.क. र ४८ वर्षिय शिव कुमारी वि.क. रहेको छन् ।

चालक रामपुर ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट पठाईएको छ ।

पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट तिर्थयात्री लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवरपुरको बुलिङटार २ मठारमा बिहान ४ बजे दुर्घटना भएको हो उनीहरु हिजो राती करिव ११ बजेतिर जम्मा भएर हिडेको बुझिएको छ ।

बस सडकबाट झण्डै १ सय २० मिटर तल खसेको छ । प्रहरी र स्थानीयले उद्धार गरि घाइतेलाई पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व) का प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com