तनहुँको ऋषिङमा मोटरसाइकलमा सल बेरिदा महिलाको हात चुडियो
तनहुँ ।
जिल्लाको ऋषिङ गाउँपालिका वडा नम्बर १ झापुटारमा गुड्दै गरेको मोटरसाइकलको पांग्रामा सल बेरिदा एक महिलाको हात नै चुँडिन पुगेको छ ।
व्यास नगरपालिका ५ पाटनबाट झापुटार जाँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलको पछाडी बस्ने २९ वर्षीया रेनु थापाको सल मोटरसाइकलको पांग्रामा बेरिँदा थापाको हात चुँडिएको प्रहरीले जनाएको छ ।
उनको बायाँ हात कुहिनोभन्दा तलबाट छुट्टिएको जनाइएको छ । थापा दिदीका छोरासँग मोटरसाइकलमा छोरी सहित जाँदै थिइन । थापाकी छोरी र चाल सकुशल छन् । उनको दमौली अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लागिएको छ ।