2

Logo २०८३ बैशाख १३ आइतबार
कालिकोटमा ज्यान गुमाउनेको परिचय खुल्यो, घाइते २ जनाको अबस्था गम्भिर

कालिकोटमा ज्यान गुमाउनेको परिचय खुल्यो, घाइते २ जनाको अबस्था गम्भिर


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक १२ २०७९
729

कालिकोट

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वार्ड न. १० रानाबाडामा बम विस्फोट हुँदा ज्यान गुमाउने हरु २ बालिका रहेका छन् ।

गाईगोरु चराउन गोठालो गएका बेला बम खेलाउने क्रममा एक्कासी पड्किडा २ बालिकाको ज्यान गएसंगै ३ जन घाइते भएका थिए । ज्यान जानेहरुमा रानाबाडाका ५ बर्षिय सरस्वती राना र साढे ३ बर्षकी झरना थापा रहेका छन् । घाइतेहरुमा रानाबाडाकै ७ बर्षका कमल थापा, ५ बर्षका मुस्कान थापा र ३ बर्षका दर्शना राना रहेका छन् । उनीहरुमध्य मुस्कान र दर्शनाको अवस्था चिन्ताजनक रहेको तिलगुफा नगरपालिकाका प्रमुख शंकर प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
घाइतेको प्रदेश सदरमुकाम सुर्खेतमा उपचार भएको छ ।

स्थानीयका अनुसार द्वन्दकालमा लुकाएर राखिएको बम बच्चाहरुले खेलाउने क्रममा बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com