2

Logo २०८३ बैशाख १३ आइतबार
दिदीबहिनी दाजुभाईको पर्व तिहार यसबर्षलाई सकियो

दिदीबहिनी दाजुभाईको पर्व तिहार यसबर्षलाई सकियो


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक १० २०७९
617

काठमाडौं

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एक आपसमा टीका लगाएर सकिएको छ।

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटिका दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाइदिएका छन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पुजा गरि टीका लगाउनाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

भाइटिका आज बिहान ११ः३७ बजेको शुभ साइतमा देशभर लगाइएको छ । मुहूर्तको छोपेर घरको मुलढोकामा टीका लगाएपछि आज दिनभर टीका लगाउने साइत खुले अनुसार हर्षोलासपुर्वक टिका लगाइएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने मान्यता अनुरुप टीका लगाइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
यस वर्ष भाइटिका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् ।

बिहान ८ः४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गरेको थियो । त्यसअघि चन्द्रमा तुला राशिमा रहेको थियो ।  शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम अनुसार बृश्चिकमा रहेको चन्द्रमा टीका लगाउने पश्चिम फर्कदा दाहिने परेको  धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार पैसा, कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

साथै, ​​​​​​​​​​दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको छ। यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा दिदीबहिनी दाजुभाईको पर्व तिहार सकियो तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो । भाइटिकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटिका अर्थात् किजापूजा मान्दछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com