2

Logo २०८३ बैशाख १३ आइतबार
तिहारमा फुल मालाको अभाव, फुलमाला लिन पुगेका ग्राहक रित्तो हात फर्कन बाध्य

तिहारमा फुल मालाको अभाव, फुलमाला लिन पुगेका ग्राहक रित्तो हात फर्कन बाध्य


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक १० २०७९
1.7K

पाल्पा

रामपुर ५ मटेरीकी दिपा सेन तिहारका लागि बुधबार सबेरै रामपुर देबिस्थानको फुलखेतीमा माला लिन पुग्नुभयो । फुलको कोपिला टिप्दै एकहातमा राख्नु भएकी सेनले फुलै नपाएपछी फुलको एकमुठी  कोपिला टिप्नुभयो । ६/७ वटा माला लिन भनेर आए तर फुलनै छैन उहाँले भन्नुभयो ।

फुलखेती नजिकै बेझाड बजारकी पुनम कुमारी श्रेष्ठ फुल लिन बुधबार नै ७ बजे बारीमा पुग्नुभयो । गाउघरमा एउटा फुल पनि छैन २/३ किलो फुल लिन आएको उहाँ निराश हुँदै भन्नुभयो । रित्तोबारीको फोटो खिच्दै हिजो पनि आए ग्रहण भनेर नटिपेपछि फर्किएको हो आज रातीदेखि फुल टिपेर सकिएछ पुनमले भन्नुभयो । रामपुर ५ भम्बकका बाबुराम आचार्य झोला बोकेर फुल लिन फुलखेतीमा पुग्नुभयो। उहाँलाई पनि उहीँ समस्या पर्‍यो ।

पाल्पामा पहिलोपटक व्यबसायिक फुलखेती गरिएको रामपुर ४ देविस्थानमा यसरी तिहारको अघिल्लो दिन सयौं दिदीबहिनी दाजुभाई फुल नपाएर रित्तो फर्किनुपरेको हो । तिहारमा गलाभरी शिरमा फुलमाला भरिदिने कल्पना सहित फुल र फुलको माला लिन पुगेका ग्राहक रित्तो फर्कनुपरेको हो । रामपुर मटेरीकी सबिता दासीले अरुले छोडेको कोपिला हागै संग ल्याएको बताउनुभयो । फुलको झपक्क माला लाउन नपाएपछि कानमा भएपनी सिउरिन ५/७ वटा कोपिला टिपे उहाँले भन्नुभयो ।

रामपुर ७ की गिता पौडेलले अहिले फुल नै नभएर तिहामा निराश भएको बताउनुभयो । व्यबसायिक फुलखेती गरेको यहाँको एकमात्र देविस्थानको आधुनिक कृषि फर्ममा तिहारको अघिल्लो दिन नै सबै फुल सकिएको हो। तिहारको अघिल्लो दिन यहाँ फुल लिन आउनेको मेला लागे जस्तै थियो ।

सोमबार सम्म फुल लिन आउने लाने चलेको थियो मंगलबार सुर्यग्रहण लाग्ने र फुल पनि केही फक्रीन दिने भनेर नटिपेकोमा बुधबार ४ बजेदेखि ग्राहक आफै बारीमा पसेर फुल टिपेपछि छिनभरमा फुल सकिएको व्यबसायिक फुलखेती किसान दिल बहादुर थापाले बताउनुभयो ।

केही फुलको माला बनाएर राती १० बजे बारीको फुल हेरेर सुतेको हो, बिहान हामी नउठ्दै फुल जोख्न उठ्नुभनेर उठाउनुभयो, उठेर हेर्दा ८/९ जना हुनुहुन्थ्यो । त्यत्तिकैमा फुल लिन आउने क्रम बढेर उज्यालो नहुदै ५०/६० जना बारीमा आफै टिप्नभयो थापाले भन्नुभयो- हामी त जोख्न पनि नभ्याउने स्थितिमा भयौ, उत्तिखेरै फुल सकियो । दिल बहादुर, श्रीमती सुकमाया र छोरी फुल जोख्न र पैसाको हिसाब मिलाउनमा व्यस्त भए । चिसो बढ्दै जादा सितले फुल र बोट चिसो छ ६/७ बजे टिपेर बिक्रि गरौला भन्ने थियो रातीदेखी नै  लिन आउने आफैले टिप्नुभयो । फुल पुराउनै सकेनौ सुकमाया थापाले भन्नुभयो ।

बिहान ७ बजे फूलबारीमा पुग्दा कुनै पनि बोटमा फूल नभएको निहाल्नुभएका दिपेन्द्र भट्टराईलाई फुलको माग ठूलो त्यो दाजोमा उत्पादन नभएको थापाले सुनाइरहनुभएको थियो ।
यसबर्ष निर्वाचनले उम्मेद्बारी नोमिनेशनपछि हरेक दिन फुलमालाको माग हुनु र बिगतको दाजोमा दशैतिहारमा धेरै खेल प्रतियोगितामा हुँदा नियमित फुल बिक्रीले तिहारमा कम भएको किसान दिल बहादुर थापाले बताउनुभयो ।

बिगतमा कोभिडले गर्दा प्रतियोगिता कम हुन्थ्यो त्यत्ती फुल जान्नथ्यो अहिले बिगत एक डेढ महिनादेखि फुल बिक्री भइरहेको छ । दिलुले निर्वाचन र निर्वाचन पश्चात् बिजय र्‍यालीलाई लक्षित गरि फुल लगाउनुभएको छ । त्यहाँ पनि अन्त सकिएर भर्खर फुल्न थालेका फुल टिपेको दिलुले बताउनुभयो । सयौँ ग्राहकलाई रित्तो हात फिर्ता गराउनुपर्दा नमज्जा लागिरहेको छ, दिलुले भन्नुभयो अहिलेसम्म ३ सय जना जति फर्किनुभयो ।

तिहारमा फुलको महत्त्व बढी हुन्छ । यसबर्ष हप्तौ सम्म परेको बर्षाले फुल मरेकोके गाउँ घरमा फुल नहुदा माग बढी भएको हो । गाउँमा फूल अभाव छ कसैका घरमा फुल छैन रामपुर ६ कि हिरा परियारले भन्नुभयो । स्थानीय फूलको जात लोप भएकाले पनि फुलको अभाव छ । “देउसीभैलो, विभिन्न सङ्घसंस्थाको आयोजनामा गरिएको दीपावली पूजामा फूल खरिद गर्ने यसपटक धेरै बढे, गाउँमा व्यावसायिक उत्पादन गर्ने कोही छैनन्, तिहारको अघिल्लो दिनमै सबै फूल सकियो” थापाले भन्नुभयो ।

यमपञ्चक शुरु भएदेखि थापाले करिब १ लाख ५० हजारको फूलमाला बिक्री गर्नुभएको छ । तीन बर्षमा ४ पटक फुलको खेती गर्नुभएका दिलुले यसपटक माग अत्यधिक बढेको बताउनुभयो । फुल दिन नपाउदा दुःख मलाई पनि लागेको छ अर्कोपटक उत्पादन बढाउछु बारीमै ग्राहकका भिडमा हुनुभएका थापाले भन्नुभयो।

आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनलाई लक्षित गरी फूल विस्तारै तयार हुँदैछन् । स्थानीय तहको निर्वाचनको समयमा मात्रै एक लाख ५० हजार बराबरको फूलमाला बिक्री गर्नुभएको थियो ।

फुलको माग नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट थियो । एकहप्ता अघि १० किलो बाहिर पठाएपनि स्थानीयलाई  प्राथमिकता दिएको सुकमायाले बताउनुभयो ।प्रतिमाला १ सय देखि १ सय २०रुपैया प्रतिकिलो र फूल ५ सयमा घरबाटै बिक्री भएको सुकमायाको भनाई छ ।
थापाले फर्ममा कर्मा ५५५ जातको फुल लगाउनुहुन्छ । बर्षदिनमा ३ पटक पनि फुल लगाउन सकिन्छ ।
फूलखेतीबाट पाल्पा जिल्लालाई चिनाएको छु । फोटो र टिकटकले मात्र नभई बीउ लिन जादा तालिम लिन हिड्दा फुलखेती गर्नेए दिलु भन्दा गौरव लाग्छ तर यसरी फुल नपुर्‍याउदा गाली गर्ने ठाउँ रहेको उहाँ बताउनुभयो ।

गत भदौमा काठमाडौं र धुलिखेलमा दुई दिने र तीन वर्षअघि बुटवलमा एकहप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएर दिलुले फुल खेती गर्दै आउनुभएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com