2

Logo २०८३ बैशाख १३ आइतबार
व्याडमिन्टनमा भूवन र विवेकको जोडीले जिते प्रथम पुरस्कार

व्याडमिन्टनमा भूवन र विवेकको जोडीले जिते प्रथम पुरस्कार


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक ८ २०७९
820

पाल्पा

जिल्लाको रामपुर नगरपालिका १० को सुर्य किरण युवा क्लवले आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा भूवन आचार्य र विवेक खनालको जोडीले प्रथम पुरस्कार प्राप्त गरेका छन् ।

वडाभित्रका युवा सहभागी हुन पाउने गरि आयोजना गरिएको डबल्स ब्याडमिन्टन प्रतियोगिता ११ जोडीले भाग लिएका थिए । प्रतियोगितामा हिमाल सारू र नारायण खनालको जोडी उपबिजेता बनेको खेल संयोजक रबिन्द्र न्यौपानेले जानकारी दिनुभयो । खेलमा सर्वोत्कृष्ट खेलाडी विवेक खनाल हुन सफल भएको स्थानीय प्रदिप घिमिरेले बताउनुभयो ।

प्रतियोगिता समापनका अबसरमा रामपुर नगरपालिका १० का वडा अध्यक्ष तोयानाथ सारुले बिजयी तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार हस्तान्तरण गर्नुहुदै क्लबले गर्ने यस्ता प्रतियोगिताले खेल र खेलाडीको हौसला बढ्ने र युवा एकीकृतमा जोड हुने बताउनुभयो ।

फोटो- प्रदिप घिमिरे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com