2

Logo २०८३ बैशाख १३ आइतबार
यमपञ्चकको तेस्रो दिन घनधान्यकी देवी लक्ष्मीको पुजाआराधना गरिदै

यमपञ्चकको तेस्रो दिन घनधान्यकी देवी लक्ष्मीको पुजाआराधना गरिदै


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक ७ २०७९
729

काठमाडौं

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिएको छ ।

साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिने परम्परा अनुसार आज लक्ष्मीपुजा गरियो ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज घर सफासुग्घर र लिपपोत गरी झिलिमीली दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आजको दिन लक्ष्मी माताको बास होस् भनेर घरको आगनदेखि मुल ढोका हुँदै लक्ष्मी स्थापना गरेको कोठासम्म  चामलको पिठो र अबिरले लक्ष्मी माताको पाइला बनाइन्छ ।

माता लक्ष्मीको पाइलासँगै केराको सुत्ला अथवा माटाको पाला राखिन्छ । सबैको घरमा दियो, मैनबत्ती र झिलीमिली बत्ती बालेर घरलाई उज्यालो अनि सुन्दर सजाइन्छ । लक्ष्मीसँगै भगवान गणेशको पनि स्थापना गरिन्छ । दियो, कलश, आफूसँग भएका गरगहना र धन राखेर लक्ष्मीपूजा गरिन्छ । आजकै दिन कन्यालाई लक्ष्मीको प्रतिक मानेर पूजा गरी दक्षिणा पनि दिइन्छ ।

भैलो खेल्न आउनेलाई धान, चामल, सेलरोटी, पैसा दिने चलन पनि छ । आज गाइपूजा, प्रतिपदाका दिन गोवर्द्धन पूजा र म्हपूजा एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com