2

Logo २०८३ बैशाख १४ सोमबार
आउदो मंगलबार सुर्यग्रहण लाग्ने

आउदो मंगलबार सुर्यग्रहण लाग्ने


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक ४ २०७९
631

काठमाडौं

आउदो मंगलबार कार्तिक कृष्ण औंसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ ।

ग्रहण अपराह्न ४ बजेर ५२ मिनेटमा स्पर्श गर्ने छ । बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने ग्रहण नेपालबाट ३२ मिनेट देेखिने नपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे मात्र छाड्नेछ ।

शास्त्रीय मान्यता अनुसार ग्रहण लागेका बेला बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने बताइएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । विशेष गरि ग्रहण लागेका बेला मानिस,पशुचौपाया र घरमा अनिष्ट नहोस् भनेर गाइको गोबरले घरगोठमा रेखा बनाई कोर्ने चलन छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com