2

Logo २०८३ बैशाख १३ आइतबार
बगनासकालीले दियो वडाबाटै सामाजिक सुरक्षा भत्ता

बगनासकालीले दियो वडाबाटै सामाजिक सुरक्षा भत्ता


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक ३ २०७९
701

पाल्पा

बगनासकाली गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

सरकारले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्ने नीति बनाएपछि बैंकमा जेष्ठ नागरिक जान आउन नसक्ने र बैंकमा लाइन लाउनुपर्ने झन्झटिलो हुने भन्दै बैंककै प्रतिनिधिको रहोभरमा भत्ता बितरण गरिएको हो । सरकारको निति अनुसार बगनासकालीले नेपाल बैंक लिमिटेडमा खाता खोली सोही बैंक मार्फत भत्ता दिदै आएको थियो ।

सबै वडाहरुको पहुचमा बैंक नरहेको र आउन जान समेत समस्या भएकोले पालिकाले नागरिकलाई सहज बनाउन जिल्लामै पहिलो बगनासले वडाबाटै भत्ता बितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले सामाजिक सुरक्षा भत्ता लिनकै लागि बैंकमा आउन जान समस्या भएको पालिका बासी नागरिकहरुको गुनासो सम्बोधन गर्दै वडाबाट भत्ता बितरण गरिएको बताउनुभयो ।

वडामै बैंकका प्रतिनिधिहरु पुगेर बैकिङ प्रक्रियाबाटै भत्ता बितरण गरिएको छ । भत्ता बितरणसँगै सोही स्थानमै जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, एकल महिला लगायत सामाजिक सुरक्षा भत्ता लिने ब्यक्तिहरुको सामान्य स्वास्थ्य परिक्षण समेत गरिएको छ ।

पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले जनताको घरदैलोमा जाने क्रममा सामाजिक सुरक्षा लाभग्राहीहरुको गुनासो र सुझावको आधारमा वडाबाटै भत्ता बितरण गर्न गरिएको बताउनुभयो ।

पालिकाले ९ वटै वडाका लागि भत्ता वितरण सूचना प्रकाशन गरेर भत्ता बाडेको छ। भत्ता लिन आउने नागरिक संग नागरिकताको सक्कल प्रमाणपत्र, लाभग्राहीको चेक बुक, लाभग्राही परिचयपत्र तथा पूर्ण अशक्तहरुको हकमा वडा कार्यालयको सिफारिस लिएर भत्ता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com