2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिका नै नागरिक बडापत्र बिहिन

रामपुर नगरपालिका नै नागरिक बडापत्र बिहिन


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक २ २०७९
2.7K

पाल्पा

सेवाग्राहीहरुको सुविधा र कार्यालयबाट प्रदान गरिने सेवाहरुको सुचना नागरिकसम्म सहज रुपमा पुर्‍याउन सबैले देख्ने ठाउँमा अनिवार्य नागरिक वडापत्र राख्नु पर्ने भएपनि पाल्पाको रामपुर नगरपालिकाले भने अहिलेसम्म नागरिक वडापत्र राखेकोे छैन ।

कार्यालयमा सेवा लिन आउने नागरिकहरुले आफुले सेवा लिने फाँट र सो सम्बन्धि सुचना सहज रुपमा पाउन भन्ने उद्देश्यले सबैले देख्ने ठाउमा कार्यालयको बाहिर स्पष्ट रुपमा नागरिक वडापत्र राख्नुपर्ने नियम भए पनि रामपुर नगरपालिकामा त्यसको प्रयोग भएको देखिदैन ।
नगर भित्रका बेथिति हटाएर पारदर्शी, सुचनामा सहज पहुँच र शुशासन कायम गर्नुपर्ने अभिभारा निर्वाचित जनप्रतिनिधिको भए पनि शुसासन र सरल सेवाका लागि वडापत्र राख्ने ध्यान र कार्यान्वयन नगरपालिका आफैले गरेको छैन ।

क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका, २०६९ मा हरेक सरकारी कार्यालय अगाडि नागरिक वडापत्र राख्नुपर्ने व्यवस्थो छ । निर्देशिकाको दफा ३ को १ मा सेवाग्राहीलाई सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम गर्ने प्रत्येक कार्यालयले आफ्नो परिसरभित्र सबैले देख्ने उपयुक्त ठाउँमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र राख्नुपर्ने उल्लेख छ । सुशासन ऐन २०६४ ले सबै सरकारी निकायहरूमा सबैले देख्नेगरी नागरिक वडापत्र राख्नुपर्ने बाध्यत्मक व्यवस्था गरेको छ । तर नागरिक वडापत्र नगर÷ गाँउपालिकादेखि बडापालिकासम्ममा पनि लागू भएको पाइँदैन । भएको कतिपय तहका बडापत्र स्पष्ट बुझ्न सकिँदैन । अहिले प्रायः कार्यालयले डिजिटल वडापत्रको व्यवस्था समेत गर्दै गएका छन् ।

प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने कानुनको शासनलाई प्रत्याभूति गर्ने, सार्वजनिक निकायहरूमा पारदर्शिताको प्रत्याभूति दिलाउन नागरिक वडापत्रको व्यवस्था गरिएको हो । तर, वडापत्र नै नहुँदा सेवाग्राहीलाई कहाँ जाने कति खर्च लाग्ने भन्ने कुराको अन्योल हुने गरेको स्थानीय बताउँछन् । सुशासनयुक्त नगर र सुचनाको हक सुनिश्चित गर्न समेत नागरिक वडापत्रको महत्व छ । तर सामान्य काम नागरिक वडापत्र राख्न कञ्जुस्याँइ गरेपछि सेवाग्राहीहरु अलमलमा पर्दै आएका छन् ।

नागरिक वडापत्रमा नगरपालिकाले दिने सेवा, सेवाका प्रकार, आवश्यक कागजात, लाग्ने समय, सेवा प्रदायक शाखा, दस्तुुर आदि विषय उल्लेख हुन्छ । जस्ले सेवाग्राहीहरुमा सुविधा हुने गर्छ । तर रामपुर नगरपालिका कार्यालयले भने नयाँ भवनमा सरेको झण्डै १ वर्ष हुन लाग्दा समेत अहिलेसम्म कार्यालयमा नागरिक वडापत्र राखेको छैन । नयाँ भवनको औपचारिक उद्घाटन भने गत चैत ५ गते गृहमन्त्री बालकृष्ण खाँणले गर्नुभएको थियो । रामपुर नगरपालिकाको पुरानो भवन हालको वडा कार्यालयमा रहदा भित्तामा लेखिएको वडापत्र थियो तर अक्षर नबुझिने भएपछि त्यो पनि मेटाइएको थियो । सो भवनबाट नगर प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत, लेखा सहितको काम मालपोत कार्यालयको दोस्रो तलामा सारिएको थियो तर पनि नागरिक वडापत्र भने राखिएको थिएन । भवन बनेर सञ्चालनमा आएको लामो समय भएपनि नागरिक वडापत्रको विषयमा कुनै चासो देखाएको छैन् ।

नगरपालिका जस्तो सरकारी सेवा प्रदायक निकायमा सामान्य नागरिक वडापत्र राख्न नसक्नु निकै लज्जास्पद भएको युवा कमल आचार्यले बताउनुभयो ।

५ गाविस मिलेर २०७१ सालमा स्थापना भएको रामपुर नगरपालिकाको अहिले ४ तले भवन निर्माण भएको हो । नगरपालिकाले नागरिक वडापत्र नलेखिनुले यसको महत्व समेत नबुझेको वा हेलचेक्रयाई गरेको व्यवसायी भोजराज भट्टराईले बताउनुभयो । कामलाई आउने सेवाग्राहीले के के चाहिन्छ भन्ने ज्ञान पाउन नसक्ने स्थिति भएको बताउनुभयो ।

समुदायले महशुस हुने गरि नगरपालिकाले अझै काम गर्न सकेको छैन, रामपुर ४ का मनिराज अधिकारीले भन्नुभयो–सुचना पाउनु नागरिकको अधिकार हो । नेपालको संविधानले दिएको मौलिक र नैर्सगिक अधिकार हो जुन वडापत्र यसको हिस्सेदार हो त्यो देखिने र बुझिने गरि नगरमा राखिनुपर्दछ ।

स्थानीय ज्ञान बहादुर दर्जीले नगर देखि वडाले देखिने गरि वडापत्र प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले आफु आएको १ महिना पनि नपुगेको र बिचमा दशैं पनि परेकोले यसमा आफुले बुझने बताउनुभयो । नागरिक वडापत्रको महत्व निकै छ यसको महत्वबारे अझ नागरिकसम्म बुझाउन र सदुपयोगमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नगरपालिका सुचना अधिकारी रामहरि पाण्डेले लेख्ने वा टास्ने भनेर कुरा भइरहेको बताउनुभयो । जनताकै पसिनाबाट आएको राजश्वमै कर्मचारी जनप्रतिनिधिको तलब तथा योजनाका काम आउछ तर जनताले पाउने सेवामा समेत चरम लापर्वाही देखिन्छ ।
रामपुर नगरपालिका जनतालाई नियमन गर्ने कार्यालय हो । उक्त कार्यालयमै नागरिक वडापत्र नहुनुमा कस्लाई दोषी मान्ने कर्मचारी या जनप्रतिनिधि? नयाँ जनप्रतिनिधि आएको पनि ५ महिना भयो तर नागरिक वडापत्रको विषयमा कसैलाई चासो देखिदैन ।

कार्यालयको सेवा प्रवाहमा शुसासन कायम गर्दै जनाताको सेवाप्रति विश्वसनियता, अपनत्वबोधको भावना बढाउन नागरिक वडापत्रको भुमिकाले सहायता गरेको हुन्छ जसले नागरिक र सरकार बिचको सम्बन्धमा सकारात्मक परिवर्तन ल्याउछ । समय परिवर्तन सँगै समयसापेक्ष नागरिक वडापत्रको अद्यावधिक र परिमार्जन गर्नुपर्छ । हाल वडापत्र नागरिकले बुझने गरि स्थानिय भाषा प्रयोग, बिद्युत्तिय सााधनको प्रयोग गरि श्रव्यदृश्य नागरिक वडापत्र बनाइने गरिएको छ । तर अरुलाई समेत वडापत्र राख्न पालना गराउने नगर सरकार नै नागरिक वडापत्र बिहिन बनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com