आजदेखि बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइदै
काठमाडौं ।
सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाउँदैछ ।
जन्मेको ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइनेछ ।
वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशभर एकैसाथ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन्छ ।
भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।