प्रहरी दिवसमा नवलपरासीका डिएसपी पाण्डे पुरस्कृत
नवलपरासी ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कार्यरत प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे प्रहरी प्रधान कार्यालयबाट पुरस्कृत हुनुभएको छ ।
वि.स.२०१२ सालमा स्थापित नेपाल प्रहरीले वि. स.२०१६ सालदेखि नियमित प्रकाशन गर्दै आएको प्रहरी द्धैमासिक पत्रिकामा छापिएको लेख सर्वोत्कृष्ट भएकोले पाण्डे पुरस्कृत हुनुभएको हो । गतबर्ष वि. स. २०७८ सालभरिमा प्रकाशित लेख रचनाबाट उत्कृष्ट भएबापत उहाँ सम्मानित हुनुभएको हो ।
कर्तव्यनिष्ठ तवरले कुशलतापुर्वक प्रशंसनीय कार्यसम्पादन गरेको भन्दै प्रहरीले ६७ औं प्रहरी दिवसको अबसरमा पाण्डे सहित ३४ जना प्रहरी अधिकारीलाई सम्मान तथा पुरस्कृत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहद्धारा हस्ताक्षरित कदर पत्र, नगद सहित पुरस्कृत प्रहरीहरुलाई सम्मान गरिएको हो ।