2

Logo २०८३ बैशाख १३ आइतबार
तिहारका बेला पसलका सडक-पेटीमा सामान नराख्न प्रहरीको अनुरोध

तिहारका बेला पसलका सडक-पेटीमा सामान नराख्न प्रहरीको अनुरोध


Sabalnews प्रकाशित मिति : सोमबार, असोज ३१ २०७९
1.2K

पाल्पा

नजिकिदै गरेको तिहारमा हुने बजार भिडभाडलाई मध्यनजर गर्दै प्रहरीले बजार व्यवस्थापनमा सघाउन अनुरोध गरेको छ ।

बजारका साघुरा सडक गल्लि ओगटेर सामान राख्नाले बजार गर्न पैदल हिड्नुपर्ने अबस्थामा दुर्घटनाको जोखिम समेत भएकोले गाडीमा माइकिङ सहित प्रहरीले व्यापारी, व्यबसायीमा अनुरोध गरेको हो ।

पसल बाहिर सडक पेटी ओगटेर सामान बिक्रि गर्दा बजाउर अस्तव्यस्त देखिने र दर्जनौ गाडी आउने जाने, यात्रु चढाउने झार्ने हुँदा जोखिम बढेको भन्दै माइकिङ गर्दै पसलमा पुगेर व्यबसायी संग अनुरोध गरेको हो ।

रामपुरको मुख्य बेझाड बजारका प्रायः सबै गल्ली चोकमा पुगेर बाहिर राखिएका सामान हटाउन सचेत गराइएको र नहटाए कानुनी प्रक्रियाबाट हटाइने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताउनुभयो । यात्रु र पैदल यात्रीलाई नै सहज गराउन सचेतना फैलाइएको देवकोटाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com