आज ६७ औं प्रहरी स्थापना दिवस
काठमाडौं ।
आज नेपाल र नेपालीको सेवा र सुरक्षामा २४ घण्टै खटिदै आएको प्रहरी संगठनको स्थापना दिवस ।
प्रहरी संगठनको स्थापना २०१२ साल असोज ३१ गते भएको हो । हाल सरकारले लालमोहर लगाएको दिनलाई दिवस मनाएको छ । प्रहरी स्थापना भएको ४ दशकपछि औपचारिक रुपमा २०५२ देखि प्रहरी दिवस मनाउन थालिएको हो । बिचमा तत्कालिन बडामहारानी ऎश्वर्याको जन्मदिनमा समेत दिवस मनाउने चलन थियो । यसले सस्थाको जन्मदिन असोज ३१ मा प्रहरीले जन्मदिन मनाउने साइत खासै जुरेको छैन ।
यसबर्ष गत बिहिबार प्रहरीले औपचारिक रुपमा दिवस मनाएको छ भने विभिन्न जिल्लामा आज समेत कार्यक्रम गरेर प्रहरीले दिवस मनाउदैछ ।
स्थापनाकालमा ७ हजार ५ सय लाई लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्तिसुरक्षाको जिम्मेवारीका साथ संगठित यो संस्थामा हाल झण्डै १ लाख प्रहरीले ३ करोड बढीको सेवामा तल्लिन छ ।
प्रहरीले देश र नागरिकको शान्ति, सुरक्षा देखि जनचेतना कार्यक्रमलाई जोड दिदै आएको छ । समुदाय- प्रहरी साझेदारी कार्यक्रम सहित विद्यालय, क्लब, संघ सस्था र वडामा पुगेर विविध बिषयमा सचेतनालाई जोड दिदै आएको छ ।